हतारमा सेयर बिक्री नगर्नुस्, पहिला व्यापारका यी ९ तथ्य हेर्नुस्



 

ब्यापारको दुनियाँ निकै अनौठो छ । आर्थिक प्रक्षेपण र पट्यार लाग्दो ‘रेभेन्यू रिर्पोट’ का अलावा त्यसभित्र निकै रोचक तथ्यहरु हुन्छन्, जसले तपाईलाई सोच्ने फरक तरिका दिनसक्छ ।

यहाँ ब्यापारको को त्यस्तै अनौठा ९ तथ्यहरु समावेश गरिएका छन् ।
कोकका बारे सबैलाई थाहा छ

कोकाकोलाको रातो र सेतो रंग मिसिएको लोगो संसारका ९४ प्रतिशत मानिसले चिन्छन् । कोक नबेच्ने देश सम्झन गाह्रो छ । उत्तर कोरिया र क्युबा बाहेक संसारका प्रायः सबै देशले कोक बेच्छन् ।
प्रतिस्पर्धाको बारे केही कुरा


एप्पल र सामसङ अहिले संसारकै सबैभन्दा ठूला प्रतिस्पर्धी हुन् । नयाँ÷नयाँ इलेक्ट्रोनिक सामान बजारमा ल्याएर एक अर्कालाई माथ दिन चाहन्छन् यी कम्पनीहरु । एप्पलका संस्थापक स्टिभ जब्सले एक पटक सामसङ बिरुद्ध मुद्दा नै हाल्ने धम्की समेत दिएका थिए । तर, एप्पल आइप्याडको रेटिना डिस्प्ले सामसङले बनाएको थियो ।

पहिलो प्राथमिकतामा ग्राहक

विश्व बिख्यात अनलाइन कम्पनी अमेजनका कर्मचारीले प्रत्येक दुई बर्षमा दुई दिन ‘कस्टमर सर्भिस डेस्क’ मा बिताउँछन् । प्रमुख कार्यकारी अधिकृतले पनि यसबाट उन्मुक्ति पाउँदैनन् । यो ब्यवस्था सबै कर्मचारीले कस्टमर सर्भिस प्रक्रियाका बारे जानकारी लिन सक्ने उद्देश्यले गरिएको हो ।

१०० धनी = ४ गुणा विश्व गरिबी

सन् २०१२ मा नै विश्वका १ सय धनीले विश्वको गरिबी ४ गुणाले कम गर्न सक्थे ।

याहुको नाम त्यसै yahoo भएको होइन

yahoo  भनेको बास्तवमा’yet Another Hierarchical Officious Oracle’ को छोटकरी हो ।
हतारिएर आफ्नो सेयर कहिल्यै नबेच्नुस्

स्टिभ जब्स र स्टिभ वोजनाइकसँगै एप्पलका अर्का संस्थापक पनि थिए, रोनाल्ड वायन । उनले आफ्नो भागको एप्पलको सेयर कम्पनी शुरु भएको १२ औं दिनमै ८ सय अमेरिकी डलरमा बेचेका थिए । उनले बेचेको सेयर मुल्य आज ३५ अर्ब डलर बराबर छ ।

सामसुङ पनि अचम्मकै छ


इलेक्ट्रोनिक सामान बनाउन बिश्वभर कहलिएको कम्पनी सामसुङ अरु ब्यवसाय पनि गर्छ । हतियार उत्पादन, जीवन बीमा, थिम पार्क ब्यवस्थापन सामसुङको थप ब्यवसायहरु हुन् ।

१० लाख डलरमा गुगल कम्पनी किन्न पाउँनु धेरै महंगो हो र ?

सन् १९९९ मा गुगलका संस्थापकहरु कम्पनी बेच्न चाहन्थे । उनीहरु एक्जाइट नामको वेब पोर्टललाई १० लाख अमेरिकी डलरभन्दा कम मुल्यमा गुगल बेच्न चाहन्थे । तर, एक्जाइटले किन्न चाहेन । अहिले सबै इतिहास भैसकेको छ ।

जुवा खेलेर पनि जोगाउन सकिन्छ कम्पनी ?

सन् १९७४ मा फेडेक्स कम्पनी बन्द हुने अवस्थामा थियो । एक संस्थापकले कम्पनीको ५ हजार डलर लिएर लस भेगासमा गएर जुवा खेले । जुवाबाट उनले ३२ हजार डलर कमाएपछि कम्पनी जोगिएको थियो । अहिले कम्पनीको कुल सम्पत्ती ३० अर्ब अमेरिकी डलर हाराहारी छ । ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु