यी हुन् सर्वाधिक तलब खाने विश्वका १० फुटबल खेलाडी



विश्वको सबैभन्दा चर्चित खेल हो, फुटबल । फुटबल खेलमात्र नभएर उद्योग पनि हो । यस खेलमा विश्वमा ३ अर्ब ५० करोडभन्दा धेरै मानिस प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न छन् । फुटबल खेलले लाखौं मानिसलाई रोजगारीको अवसर प्रदान गरेको छ ।

इंग्ल्याण्डका चर्चित फुटबल खेलाडी डेभिट वेकह्यामले फुटबल खेलेर ३ अर्ब ५० करोड अमेरिकी डलर कमाएका छन् ।

फुटबलका माध्यमबाट धेरै मानिसले नामसँगै दाम कमाएका छन् । फुटबल भन्ने वित्तिकै धेरैको दिमागमा सर्वप्रथम आउने नाम हो, ब्रजिलका पूर्वखेलाडी पेले र अर्जेन्टिनाका खेलाडी डिएगो म्यारोडना ।

उनीहरु आफ्नो फुटबल करिअरको उचाइमा हुँदा फुटबल खेलेर आजका खेलाडी जतिको पैसा कमाउने सकेका थिएनन् । त्यसताका फुटबलमा अहिले जतिको पैसा पनि थिएन । आफ्नै व्यक्तिगत कौशलताका कारण आज उनीहरुको नाम फुटलबल इतिहासमा स्वर्णीम अक्षरले कोरिएको छ ।

२१औं सताब्दीका चर्चित खेलाडीमा र्पोचुगल तथा रियल मर्डिड्रका स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिना तथा बार्सिलोना स्टार लियोनल मेस्सी हुन् । अहिले फुटबल फ्यानहरु दुई खेमामा विभाजित छन् । एक पक्ष रोनाल्डो र अर्को मेस्सी । विगत ९ वर्षमा यी दुई खेलाडीले फिफा वर्ष खेलाडीमा राज गर्दै आएका छन् । यी दुई भन्दा अघि फिफा वर्ष खेलाडी ब्राजिलका खेलाली काका भएका थिए ।

उनले सन् २००७ मा सो उपलब्धी हासिल गरेका थिए । सर्वाधिक तलब खाने खेलाडीको शीर्ष स्थानमा रोनाल्डो र मेस्सी दुवैको नाम छैन् । उनीभन्दा धेरै तलब चीनमा फुटबल खेल्ने अन्तराष्ट्रिय फुटबलबाट राजिनामा दिइसकेका अर्जेन्टिनाका खेलाडी कार्लेस टेभेज हुन् । उनलाई चिनीयाँ क्लब सेनह्यु एफसीबाट वार्षिक ४ करोड अमेरिकी डलर पाउँछन् । रोनाल्डो दोस्रो र मेस्सी तेस्रो स्थानमा छन् ।

हाम्रो समाजमा खेलकुदलाई हेर्ने नजर खासै राम्रो छैन । नेपालमा खेलकुदमा लागेर पैसा कमाउने अवस्था छैन । त्यसैले नेपालमा खेलकुदलाई व्यवसायको रुपमा लिने गरिएको छैन । फुटबलको मेरुदण्ड मानिने लिग फुटबल नेपालमा संचालन हुन नसकेको १८ महिना भइसकेको छ ।

नेपाली खेलकुदमा सर्वाधिक धनराशिको पुरस्कार भएको खेल फुटबल हो । राष्ट्रिय लिग विजेताले १ करोड रुपैयाँ पाउछन् । राष्ट्रिय लिग संचालन नभएकाले फुटबल खेलाडीले मोफलमा हुने हप्ता दश दिनको खेलमै सिमित हुनु परेको छ । मोफसलका प्रतियोगितमा खेल्ने कतिपय खेलाडी बिना पैसा पनि खेल्ने गरेका छन् ।

राष्ट्रिय लिगका लागि क्लबले राम्रो तलब दिएर खेलाडी अनुबन्धन गर्ने गरेका छन् । लिगका लागि भनेर विभिन्न व्यापारिक घरनाले पनि क्लबलाई प्रायोजन गर्ने गरेका छन् । वार्षिक रुपमा राष्ट्रिय लिग संचालन नगर्दा प्रतिभावान खेलाडी बेरोजगार हुनु परेको छ ।


पुष्प दुलाल