नेपाल लाइफको सेयर मुल्य समायोजन



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सेयर मुल्य प्रतिकित्ता १९३२ रुपैंयाँमा समायोजन भएको छ । समायोजन हुनु अघि कम्पनीको मुल्य २४१५ रुपैंयाँ थियो । नेपाल लाइफको औसत आधार मुल्य भने २२८२ रुपैंयाँ छ ।

कम्पनीले साधारण सभामा २५ प्रतिशत बोनस सेयर र कर प्रायोजनको लागि १.३१ प्रतिशत नगद लाभांस प्रस्तावित गर्दैछ । कम्पनीको साधारण सभा चैत १४ गते बस्दैछ ।

कम्पनीले हालै बिक्री गरको एफपिओपछि कायम भएको २ अर्ब ४७ करोड ७१ लाख ४२ हजार चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड ३० लाख रुपैंया खुद नाफा गरेको छ ।


क्लिकमान्डु