नाकाबन्दी र भूकम्पले हल्लाउँदा पनि अप्ठेरोमा परेन बीमा क्षेत्र (नाफाको बिवरणसहित)



काठमाडौं । ०७२ सालको शक्तिशाली भूकम्पले सबैभन्दा बढी क्षति बीमा क्षेत्रलाई पुर्याउँछ भन्ने अनुमान गरिएको थियो । ठूलो मात्रामा जनधनको क्षति भएको र बीमा कम्पनीहरुको पुँजी आधार सानो भएकोले कति कम्पनी नै टाट पल्टिने हुन् कि भन्नेसम्मको अनौपचारिक कुराकानी हुने गरेको थियो ।

यो तर्कलाई बीमा कम्पनीको चुक्ता पुँजीको आधारले पनि सहयोग गरिरहेको थियो । निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ थियो भने जीबन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५० करोड रुपैयाँ थियो । यो आधारले बीमा कम्पनीहरुको अबको भबिष्य के हुन्छ भनेर बहस हुन थालेको थियो ।

अर्काे आधार के थियो भने बीमा गराउन सजिलो तर भुक्तानी लिन गाह्रो छ भन्ने मान्यता एकदमै बलियो रुपमा आम बिमितमा गढेको थियो । भएको क्षतिको क्षतिपूर्ति दिन बीमा कम्पनीहरु कत्तिको ‘प्रो एक्टिभ’ बन्छन् भन्ने शंका पनि छदैथियो । नेपाली बीमा कम्पनीहरुले ठूलो मात्रामा बीमा दाबी भुक्तानी गर्नुपरेको थिएन । यसले पनि नेपाली समाजमा बीमाको बारेमा शंका कायमै थियो ।

यी तमाम शंकालाई नेपाली बीमा क्षेत्रले गलत साबित गरिदियो । बीमा कम्पनीहरुले सहज ढंगबाट दाबी भुक्तानी गरे । विदेशी पुनर्बीमा कम्पनीले दाबी भुक्तानीमा अग्रिम रकम दिएर अपेक्षा गरिएभन्दा बढी सहयोग गरे । नियामक निकाय बीमा समितिले बिबादित दाबीको भुक्तानीको लागि पनि सहजकर्ताको भूमिका निर्वाह गर्यो । यसले आपतको बेलामा जोखिम कम गर्ने साथी बीमा हो भन्ने सैद्धान्तिक मान्यतालाई नेपाली बजारमा पनि हो भन्ने पुष्टी गरायो ।

नेपाली बीमा कम्पनीहरुले जति मूल्य बराबरको बीमा गराउथे त्यसको अधिकांश ‘रिटेन्सन’ आफूले नलिइ पुनर्बीमा कम्पनीमा पठाउथे । नेपालमा पुनर्बीमा कम्पनी थिएन । तत्कालिन माओबादी द्धन्द्धको जोखिम कम गर्न भन्दै स्थापना भएको आकष्मिक बीमा कोषले भूकम्प जस्ता प्राकृर्तिक विपत्तिबाट भएको जोखिम बहन गर्दैनथ्यो ।

नेपाली बीमा कम्पनीले पुनर्बीमा गराउँदा अफ्रिका लगायतका देशका सस्ता पुनर्बीमा कम्पनीमा गराएका छन् भन्ने हल्ला थियो । ती पुनर्बीमा कम्पनीले नेपालमा ठूलो विपत्ति आएको अबस्थामा बीमा दाबी भुक्तानी कत्तिको सहजै गर्छन् भन्ने अनुभब नेपाली बीमा कम्पनी वा सरकारी निकायसँग पनि थिएन । यसले गर्दा पनि समस्या आउन सक्ने आकलन गरिएको थियो ।

फेरि नेपालको बीमा नियामक बीमा समिति ‘लो प्रोफाइल’को नियामक थियो । बिदेशी पुनर्बीमा कम्पनीले दाबी भुक्तानीमा आलटाल गरेमा वा नेपाली बीमा कम्पनीले नै पनि दाबी भुक्तानीमा आनाकानी गरेमा नियामकले कडा कदम चाल्न सक्ने नसक्ने अनुभब थिएन । यो सबै शंकाको पृष्ठभूमिमा नेपाली बीमा ब्यवसायको अबको भबिष्य के हुन्छ भन्ने प्रश्न नै थियो ।

तर यी तमाम शंकालाई नेपाली बीमा क्षेत्रले गलत साबित गरिदियो । बीमा कम्पनीहरुले सहज ढंगबाट दाबी भुक्तानी गरे । विदेशी पुनर्बीमा कम्पनीले दाबी भुक्तानीमा अग्रिम रकम दिएर अपेक्षा गरिएभन्दा बढी सहयोग गरे । नियामक निकाय बीमा समितिले बिबादित दाबीको भुक्तानीको लागि पनि सहजकर्ताको भूमिका निर्वाह गर्यो । यसले आपतको बेलामा जोखिम कम गर्ने साथी बीमा हो भन्ने सैद्धान्तिक मान्यतालाई नेपाली बजारमा पनि हो भन्ने पुष्टी गरायो ।

तथ्यांकले त्यस्तो देखाएन । गत असार मसान्त मात्र होइन त्यसको ‘चेन इफेक्ट’ देखिने समय चालु आर्थिक बर्षको पुस मसान्तसम्मा पनि नेपाली बीमा कम्पनीहरुको प्रगति गर्व गर्न लायक रह्यो । प्रशासनिक खर्च कटौति गर्दै बीमा कम्पनीहरुले गरेको नाफा बृद्धिले लगानीकर्तामा थप हौसला प्रदान गर्यो भने नियामकलाई बीमा कम्पनीको ब्यवस्थापन चुस्त र दबाब थेग्न सक्ने हैसियतको छ भन्ने पुष्टी गरेर देखाइदियो ।

अर्काे कुरा नेपाली बीमा कम्पनीको नाफामा पनि कुनै असर परेको देखिएन । दाबी भुक्तानी भएकै थियो, नाफा पनि उल्लेख्य देखियो । कुनै कम्पनीको अबस्था कमजोर देखिए पनि समग्रमा बीमा क्षेत्र कमजोर भएको अनुभूति राष्ट्रिय विपत्ति पछि पनि गर्नु परेन ।

निर्जीबन बीमा कम्पनीहरुको अबस्था
०७२ सालमा नेपालले शक्तिशाली भूकम्पको मात्रै सामना गरेन, अप्रिय नाकाबन्दीबाट पनि प्रताडित हुनुपर्यो । करिब ५ महिना लामो नाकाबन्दीको कारण नेपाली उद्योग प्रतिष्ठान र बन्द ब्यापार तहसनहस बने । आपूर्ति प्रणाली भताभुंग हुँदा आइपर्ने प्रधान र सहायक समस्याको जंजिरमा नेपाली अर्थतन्त्र पर्यो । यसले पनि निर्जीबन बीमा कम्पनीहरुको अबस्था दयनीय बनाउला भन्ने आकलन गरिएको थियो ।

तर तथ्यांकले त्यस्तो देखाएन । गत असार मसान्त मात्र होइन त्यसको ‘चेन इफेक्ट’ देखिने समय चालु आर्थिक बर्षको पुस मसान्तसम्मा पनि नेपाली बीमा कम्पनीहरुको प्रगति गर्व गर्न लायक रह्यो । प्रशासनिक खर्च कटौति गर्दै बीमा कम्पनीहरुले गरेको नाफा बृद्धिले लगानीकर्तामा थप हौसला प्रदान गर्यो भने नियामकलाई बीमा कम्पनीको ब्यवस्थापन चुस्त र दबाब थेग्न सक्ने हैसियतको छ भन्ने पुष्टी गरेर देखाइदियो ।

बीमा कम्पनीहरुले प्रकाशित गरेको गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय बिबरण अनुसार राष्ट्रिय बीमा कम्पनीको खुद नाफा २६ करोड १६ लाख रुपैयाँ छ । गत बर्षको यही अबधिमा सो कम्पनीले १३ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यही अबधिमा राष्ट्रिय बीमा कम्पनीले आफ्नो खर्च कटौतिलाई बिषेश ध्यान दिएको देखिएको छ । कम्पनीले गत पुस मसान्तसम्ममा ब्यवस्था तथा अन्य खर्चतर्फ जम्मा ४ करोड ७९ लाख रुपैयाँ खर्चेको छ । अघिल्लो बर्षको सोही अबवधीमा यस्तो खर्च ६ करोड ७८ लाख रुपैयाँ थियो ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि आफ्नो खुद नाफामा उल्लेख्य बृद्धि गरेको छ । कम्पनीले गत पुस मसान्तसम्ममा २ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको पुस मसान्तसम्ममा ९१ लाख खुद नाफा गरेको थियो । कम्पनीले यो बिचमा खर्च पनि बढाएको छ । गत पुस मसान्तसम्ममा एभरेष्टको खर्च १ करोड ४२ लाख रुपैयाँ भएको छ । गत बर्षको ६ महिनामा एभरेष्टले ७४ लाख रुपैयाँ खर्च गरेको थियो ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको खुद नाफा बढेको छ । कम्पनीले गत पुस मसान्तसम्ममा ४ करोड ३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको पुस मसान्तसम्मा उसको नाफा ३ करोड ४३ लाख रुपैयाँ थियो । हिमालयनको खर्च अघिल्लो बर्षको छ महिनाको भन्दा केही बढेको छ । कम्पनीले गत पुस मसान्तसम्ममा २ करोड ७४ लाख खर्च गरेको छ । गत बर्षको सोही अवधीमा यस्तो खर्च २ करोड ३३ लाख रुपैयाँ थियो ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको खुद नाफा गत बर्षको ६ महिनाको तुलनामा करिब ३ गुणाले बढेको छ । गत पुस मसान्तसम्मा लुम्बिनीले ७ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो बर्षको ६ महिनामा कम्पनीले २ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । नाफा बृद्धिसँगै लुम्बिनीको खर्च पनि बढेको छ । गत पुस मसान्तसम्ममा लुम्बिनीले ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो बर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा यस्तो खर्च १ करोड ९२ लाख रुपैयाँ थियो ।

नेसनल इन्स्योरेन्स कम्पनीको खुद नाफा पनि अघिल्लो बर्षको तुलनामा उल्लेख्य रुपमा बढेको छ । कम्पनीले गत पुस मसान्तसम्ममा ८ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधीमा नेसनल ३ लाख रुपैयाँ नोक्सानीमा थियो । सो कम्पनीको खर्च पनि बढेको छ । अघिल्लो आर्थिक बर्षको ६ महिनामा ३९ लाख रुपैयाँ मात्रै खर्च गरेको नेसनलले चालु आर्थिक बर्षको ६ महिनामा १ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

एनबी इन्स्योरेन्स कम्पनीको खुद नाफा पनि धेरै बढेको छ । गत आर्थिक बर्षको छ महिनामा १ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको एनबीले चालु आर्थिक बर्षको सोही अवधीमा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । एनबीको खर्च पनि केही मात्रामा बढेको छ । अघिल्लो आर्थिक बर्षको ६ महिनामा २८ लाख रुपैयाँ खर्च गरेको एनबीले चालु आर्थिक बर्षको सोही अवधीमा ९७ लाख रुपैयाँ खर्च गरेको छ ।

नेको इन्स्योरेन्स कम्पनीको खुद नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा दोब्बरभन्दा बढीले बृद्धि भएको छ । नेकोले गत पुस मसान्तसम्ममा ७ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधीमा उसको खुद नाफा ३ करोड ३४ लाख रुपैयाँ थियो । खुद नाफा बृद्धिसँगै नेकोको खर्च पनि बढेको छ । गत आर्थिक बर्षको ६ महिनामा २ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको नेकोले चालु आर्थिक बर्षको सोही अवधीमा ४ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीको खुद नाफा पनि बढेको छ । अघिल्लो आर्थिक बर्षको ६ महिनामा २ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको सो कम्पनीले चालु आर्थिक बर्षको सोही अवधीमा ३ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको ६ महिनामा ८३ लाख रुपैयाँ खर्च गरेको नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको सोही अवधीमा २ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्नो खुद नाफा बढाएको छ । गत आर्थिक बर्षको ६ महिनामा ५ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको एनएलजीले चालु आर्थिक बर्षको सोही अवधीमा बढाएर ७ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको छ । एनएलजीले खर्च तर्फ भने गत बर्षको ६ महिनामा ३ करोड ५३ लाख रुपैयाँ गरेकोमा चालु आर्थिक बर्षको सोही अवधीमा ४ करोड ९४ लाख रुपैयाँ पुर्याएको छ ।

ओरियन्टल इन्स्योरेन्स कम्पनीको खुद नाफा गत आर्थिक बर्षको तुलनामा केही कम देखिएको छ । गत आर्थिक बर्षको ६ महिनामा ९ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको ओरियन्टलले चालु आर्थिक बर्षको सोही अवधीमा ७ करोड १३ लाख रुपैयाँ मात्रै गरेको छ । खुद नाफा कम भएको ओरियन्टलको खर्च पनि कम देखिएको छ । गत बर्षको ६ महिनामा १ करोड ३४ लाख रुपैयाँ खर्च गरेको ओरियन्टलले चालु आर्थिक बर्षको सोही अवधीमा १ करोड १० लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।

प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको ६ महिनामा खुद नाफा बृद्धि गरेको छ । गत पुस मसान्तसम्ममा प्रभुले २ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको हो । गत बर्षको ६ महिनामा प्रभुको खुद नाफा १ करोड ८७ लाख रुपैयाँ थियो । प्रभुको खुद नाफासँगै खर्च पनि बढेको छ । गत बर्षको ६ महिनामा १ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको प्रभुले चालु आर्थिक बर्षको सोही अवधीमा २ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि आफ्नो खुद नाफा बढाएको छ । चालु आर्थिक बर्षको गत पुस मसान्तसम्ममा प्रिमियरले ७ करोड ३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधीमा उसको खुद नाफा ४ करोड २ लाख रुपैयाँ थियो । गत बर्षको ६ महिनामा २ करोड ७५ लाख रुपैयाँ खर्च गरेको प्रिमियरले चालु आर्थिक बर्षको सोही अवधीमा ४ करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले पनि खुद नाफा बढाएको छ । गत आर्थिक बर्षको ६ महिनामा ३ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको सो कम्पनीले चालु आर्थिक बर्षको ६ महिनामा ४ करोड ४ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको ६ महिनामा २ करोड ३१ लाख रुपैयाँ खर्च गरेको प्रुडेन्सियलले चालु आर्थिक बर्षको सोही अवधीमा २ करोड ९७ लाख रुपैयाँ खर्चेको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको खुद नाफा पनि बढेको छ । गत आर्थिक बर्षको ६ महिनामा ३ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको सगरमाथाले चालु आर्थिक बर्षको सोही अवधीमा ६ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले खर्च पनि बढाएको छ । गत बर्षको ६ महिनामा २ करोड २९ लाख रुपैयाँ खर्च गरेको सगरमाथाले चालु आर्थिक बर्षको सोही अवधीमा ४ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीको खुद नाफा पनि गत आर्थिक बर्षको ६ महिनाको तुलनामा उल्लेख्य रुपमा बढेको छ । गत आर्थिक बर्षको ६ महिनामा १० करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको शिखरले चालु आर्थिक बर्षको सोही अवधीमा १८ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । खुद नाफा बृद्धिसँगै शिखरको खर्च पनि बढेको छ । गत आर्थिक बर्षको ६ महिनामा ६ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको शिखरले चालु आर्थिक बर्षको सोही अवधीमा ११ करोड ४७ लाख रुपैयाँ खर्च गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको ६ महिनामा ८ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षको सोही अवधीमा सिद्धार्थले ६ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । खुद नाफा बृद्धिसँगै सिद्धार्थको खर्च पनि बढेको छ । गत आर्थिक बर्षको ६ महिनामा ४ करोड रुपैयाँ खर्च गरेको सो कम्पनीले चालु आर्थिक बर्षको ६ महिनामा ५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ ।

युनाइटेड इन्स्योरेन्सले चालु आर्थिक बर्षको ६ महिनामा ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षको सोही अवधीमा उसको खुद नाफा १ करोड १९ लाख रुपैयाँ थियो । कम्पनीको ब्यवस्थापन खर्च पनि बढेको छ । गत आर्थिक बर्षको ६ महिनामा १ करोड ८ लाख रुपैयाँ खर्च गरेको युनाइटेडले चालु आर्थिक बर्षको सोही अवधीमा २ करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ ।

लाइफ इन्स्योरेन्स तर्फ
लाइफ इन्स्योरेन्स कम्पनीहरुले पनि चालु आर्थिक बर्षको ६ महिनामा राम्रो प्रगति गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय बिवरणले उनीहरुको खुद नाफा बढेको देखाएको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पुस मसान्तसम्मा २ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षको सोही अवधीमा उसको खुद नाफा १ करोड ५३ लाख रुपैयाँ थियो । खुद नाफामा बृद्धिसँगै एशियनको खर्च केही बढेको छ । गत आर्थिक बर्षको ६ महिनामा ९० लाख रुपैयाँ खर्च गरेको एशियनले चालु आर्थिक बर्षको सोही अवधीमा १ करोड ५ लाख रुपैयाँ खर्च गरेको छ ।

राष्ट्रिय बीमा संस्थानको खुद नाफा भने घटेको छ । चालु आर्थिक बर्षको पुस मसान्तसम्मा संस्थानले ३६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधीमा संस्थाले ९४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । खुद नाफा घटेपनि संस्थानको खर्च भने घटेको छैन । गत आर्थिक बर्षको ६ महिनामा ६९ लाख रुपैयाँ खर्च गरेको संस्थानले चालु आर्थिक बर्षको सोही अवधीमा ७६ लाख रुपैयाँ खर्च गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा पनि उल्लेख्य रुपमा बढेको छ । गत आर्थिक बर्षको ६ महिनामा ९६ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको गुराँसले चालु आर्थिक बर्षको सोही अवधीमा १ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षको ६ महिनामा ८४ लाख रुपैयाँ खर्च गरेको सो कम्पनीले चालु आर्थिक बर्षको सोही अवधीमा १ करोड ९ लाख रुपैयाँ खर्च गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) को खुद नाफा भने घटेको छ । गत आर्थिक बर्षको ६ महिनामा ३ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको सो कम्पनीले चालु आर्थिक बर्षको सोही अवधीमा ९६ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ । खुद नाफा कम भएपनि एलआइसीको खर्च भने बढेको छ । गत आर्थिक बर्षको ६ महिनामा २ करोड १५ लाख रुपैयाँ खर्च गरेको सो कम्पनीले चालु आर्थिक बर्षको सोही अवधीमा ४ करोड ७४ लाख रुपैयाँ खर्च गरेको छ ।

अमेरिकी जीबन बीमा कम्पनी मेट लाइफको खुद नाफा पनि बढेको छ । कम्पनीले चालु आर्थिक बर्षको ६ महिनामा १० करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षको ६ महिनामा मेट लाइफले ३ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको खर्च पनि उल्लेख्य रुपमा बढेको छ । गत आर्थिक बर्षको ६ महिनामा ३ करोड २७ लाख रुपैयाँ खर्च गरेको मेटलाइफले चालु आर्थिक बर्षको पुस मसान्तसम्मा ७ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ ।

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा पनि बढेको छ । कम्पनीले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ८ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा यस्तो खुद नाफा ७ करोड ९२ लाख रुपैयाँ थियो । कम्पनीले चालु आर्थिक बर्षको ६ महिनामा ३ करोड ३४ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक बर्षको ६ महिनामा यस्तो खर्च २ करोड ४१ लाख रुपैयाँ थियो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको ६ महिनामा नै १५ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षको ६ महिनामा कम्पनीले १४ करोड ३९ लाख रुपैयाँ खर्च गरेको थियो । गत आर्थिक बर्षको ६ महिनामा ९ करोड ३८ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आर्थिक बर्षको सोही अवधीमा १४ करोड १ लाख रुपैयाँ खर्च गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा घटेको छ । गत आर्थिक बर्षको ६ महिनामा ६ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको प्राइमले चालु आर्थिक बर्षको सोही अवधीमा ३ करोड ६१ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ । खुद नाफा कम भएपनि प्राइमको खर्च भने उल्लेख्य रुपमा बढेको छ । चालु आर्थिक बर्षको ६ महिनमा प्राइमले ५ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक बर्षको सोही अवधीमा उसको खर्च २ करोड ८५ लाख रुपैयाँ मात्रै थियो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी भने नोक्सानीमा छ । चालु आर्थिक बर्षको ६ महिनामा सूर्या १ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा छ । गत आर्थिक बर्षको सोही अवधीमा सूर्याले ६२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक बर्षको पुस मसान्तसम्मा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक बर्षको सोही अवधीमा सूर्याको खर्च २ करोड ७५ लाख रुपैयाँ थियो ।


क्लिकमान्डु