लक्ष्मी र सानिमा बैंकले पाए हकप्रद सेयर जारी गर्ने अनुमती




काठमाडौं । लक्ष्मी बैंक र सानिमा बैंकले हकप्रद सेयर जारी गर्ने अनुमती पाएका छन् । धितोपत्र बोर्डले लक्ष्मी बैंक र सानिमा बैंकलाई हकप्रद जारी गर्न अनुमती दिएको हो । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउनको लागि दुई बैंकले हकप्रद सेयर जारी गर्न लागेका हुन् ।

लक्ष्मी बैंकले सेयरधनीको लागि ३ अर्ब १५ करोड ९० लाख ३० हजार रुपैयाँको हकप्रद जारी गर्दै छ । यस्तै सानिमाले १ अर्ब ५९ करोड १७ लाख रुपैयाँको हकप्रद जारी गर्ने छ ।


क्लिकमान्डु