एनजीओको रुपमा कार्यरत लघुवित्तले दुई वर्षभित्र आइपिओ जारी गर्नुपर्छ : गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले गैर सरकारी संस्थाबाट स्तरोन्नती भएर लघुवित्त संस्थाको रुपमा काम गरेका संस्थाले २ वर्षभित्रमा साधरण सेयर जारी गर्नुपर्ने बताएका छन् ।

आजदेखि शुरु भएको लघुवित्त सम्मेलनको उद्घाटन समारोहमा बोल्दै गभर्नर नेपाललले लघुवित्त बनेका संस्थाले २ वर्षभित्रमा साधारण सेयर जारी गर्नुपनेर्ए बताए ।

गैरसरकारी संस्थाको रुपमा लघुवित्तको काम गरेका संस्थाले एक वर्षभित्रमा लघुवित्त कम्पनीमा परिणत हुनुपर्ने व्यवस्था छ । कम्पनी रजिष्ट्रार कार्यालयको कारण लघुवित्त कम्पनीमा परिणत गर्न कठिनाई भएको थियो । अहिले करिब ३० भन्दा बढी गैर सरकारी संस्था लघुवित्तको रुपमा काम गरिरहेका छन् ।

गभर्नर नेपालले लघुवित्त कम्पनीहरु नयाँ सामन्तीको रुपमा देखा परेको आरोप लगाए । उनले जनताको सँग अत्याधिक ब्याज असुल्ने र अत्याधिक लाभांश दिने कम्पनीको रुपमा लघुवित्त रहेको बताए ।

आजदेखि शुरु भएको लघुवित्त सम्मेलनमा देशभरका लघुवित्तको क्षेत्रमा काम गर्ने र सरोकारवालाको सहभागिता रहेको छ ।


क्लिकमान्डु