मिसन डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्री खुल्ला



काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले चैत ३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री शुरु गरेको छ ।

बैकले १०० रुपैयाँ फेस भ्यालुमा १९ लाख ४९ हजार २ सय ५० कित्ता सेयर बिक्री शुरु गरेको हो ।

उक्त हकप्रद सेयरका लागि बैंकमा सेयर भएका सेयर धनीहरुले बैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सो हकप्रद सेयरको निष्कासन तथा विक्री प्रबन्धकमा भिबोर क्यापिटल छ ।

आवेदकहरुले भिबोर र मिसन डेभलपमेन्ट बैंकका सम्पुर्ण शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पुँजी अहिलेको १९ करोड ४९ लाख रुपैयाँबाट बढेर ३८ करोड ९८ लाख रुपैयाँ पुग्नेछ ।

राष्ट्र बैंकको निर्देशनअनुसार १ देखि ३ जिल्ले बिकास बैंकको चुक्ता पुँजी आर्थिक बर्ष ०७३/७४ को अन्त्यसम्म ५० करोड रुपैंयाँ हुनुपर्ने छ ।

 


पुष्प दुलाल