१५ सय ४० जनालाई सिपसँगै रोजगारीको सुवर्ण अवसर



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले १५ सय ४० जनालाई निशुल्क सिपमुलक तालिम दिने भएको छ ।

साक्षर र अंक ज्ञान भएका व्यक्ति तालिममा सहभागी हुन सक्ने परिषद्ले सार्वजनीक सूचना मार्फत जानकारी दिएको छ ।

३ महिनासम्म संचालन हुन तालिममा विपन्न र पिछडिएका सिमित प्रतिक्षार्थीलाई भत्ताको पनि व्यवस्था गरिएको  परिषद्ले जानकारी दिएको छ ।

तालिम पश्चात् रोजगारी र स्वरोजगारीका लागि सहजिकरण पनि गराइने छ ।


पुष्प दुलाल