गुणस्तरीय वस्तु सम्बन्धि जानकारी दिने पुस्तक ‘म्यानेजिंग क्वालिटी इन नेपाल’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विश्व व्यापार संगठनको प्राविधिक अंगको रुपमा रहेको संस्था इन्टरनेशनल ट्रेड सेन्टर (आइटिसी) र गुणस्तर निर्माण, विकासमा विश्वभरी प्रख्यात जर्मनीको संस्था फाइसीकालिच टेक्निचे बुन्डेजानेल्टको सहयोगमा तयार पारेको म्यानेजिंग क्वालिटी इन नेपाल अ डिरेक्टोरि अफ सर्भिसेज फर एसएमईज नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा हालै बिमोचन गरियो ।

महासंघका अध्यक्ष पशुपति मुरारका, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबावु पुडासैनी, खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिव कुमार कर्ण, बरिष्ठ फुड टेक्नोलोजिष्ट डा. देवभक्त शाक्य र महासंघका नि.महानिर्देशक मीना श्रेष्ठले संयुक्त रुपमा पुस्तक बिमोचन गरेका थिए ।

सो अवसरमा महासंघका अध्यक्ष मुरारकाले गुणस्तरीय वस्तु उत्पादन गर्न र पैठारी गर्न सो प्रकाशन थप सहज र सहयोगी हुने विश्वास व्यक्त गरे ।

गुणस्तर सम्बन्धी कार्य विभिन्न सरकारी एवं निजी क्षेत्रबाट भइरहेकोमा यस सम्बन्धी कुराहरु एउटै पुस्तकमा समेटिएकाले उद्योगी, व्यवसायी र नीति निर्मातालाई समेत पुस्तक महत्पूर्ण हुने गुणस्तर तथा नापतौल विभागका महानिर्देशक पुडासैनीले बताए ।


क्लिकमान्डु