टोयटाले दियो आफ्नो प्रोडक्टको बारेमा तालिम




काठमाडौं । टोयोटाका लागि नेपालको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि (यूटीएस) ले आफ्नो प्रडक्ट ट्रेनिङ अन्र्तगत ‘ अल न्यू इनोभा क्रेष्टा ’ तालिम सम्पन्न गरेको छ ।

देशै भर फैलिएर रहेका आफ्ना डिलरहरुलाई लक्षित गरी आयोजित उक्त तालिममा जम्मा २४ वटा डिलरमा कार्यरत कर्मचारीहरुको सहभागिता थियो । यसै मार्च महिनाको ९ र १० तारिख अर्थात जम्मा २ दिनसम्म चलेको सो तालिममा सेल्स,सर्भिस र स्पेर पार्ट का प्रवन्ध निर्देशक महेश कुमारले तालिम दिएका थिए ।
तालिमका क्रममा सहभागीहरुले उक्त नयाँ उत्पादनको कार्यपद्धती, त्यसको बिक्री वितरण तथा स्पेयर पार्टस्का विषयमा विस्तृत जानकारी हासिल गरेका थिए ।

यूटीएसले निकट भविष्यमै बजारमा ल्याउन लागेको आफ्नो बहुप्रतिक्षित उत्पादन अल न्यू इनोभा क्रेष्टालाई मध्यनजर गर्दै आफ्ना डिलर सञ्जालहरुमा यसबारे पहिले नै अवगत गराएको हो । बजारमा आउँदै गरेको उक्त उत्पादनलाई देशभरकै बजारमा पुर्याउन एवम् त्यसलाई बढावा दिन कम्पनी कम्मर कसेर लागेको हो ।
साथै, कम्पनीले आफ्नो बजार विस्तारसँगै आफ्ना सञ्जाल अन्र्तगत रही काम गर्ने कर्मचारीहरुको समेत क्षमता बढाउने उद्देश्यले यस प्रकारको तालिमको आयोजना गरेको जनाएको छ ।


क्लिकमान्डु