अपरिचित नम्बरबाट फोन आएर हैरान हुनुहुन्छ ? यसरी पाउनुहोस् छुटकारा




काठमाडौं । अपरिचित व्यक्तिबाट आउने फोनका कारण समस्यामा पर्नु भएको छ ? यस्तो समस्या विशेषगरी पुरुषको तुलनामा महिला बढी हुने गरेको छ ।

अपरिचित नम्बरबाट आउने फोन कलका कारण कतिको पारिवारिक जीवनमा पनि समस्या आउने गरेको छ । यस प्रकारको समस्याबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने सोचमा पक्कैपनि तपाई हुनुहुन्छ होला । यस प्रकारको समस्याबाट छुटकारा दिन हामीले केही जमर्को गरेका छौं । त्यसका लागि तपाईले यि ४ वटा उपाय अपनाउन सक्नु हुने छ ।
सेवा प्रदायकबाट ब्लक गर्ने
आफुले प्रयोग गर्ने दुरसञ्चार कम्पनीमा सम्पर्क गरेर, ब्लक गर्न चाहेको नम्बरको लिस्ट दिने ।

ब्लाकलिस्टमा नम्बर राख्ने

ब्लाकलिस्ट अप्सन हरेक स्मार्टफोनमा उपलब्ध छ । तपाईको आवश्यकता अनुसारको नम्बर ब्लाकलिस्टमा राख्न सक्नु हुनेछ । ब्लाकलिस्टमा नम्बर एकपटक राखिसकेपछि सेटिङबाट सो नम्बर नहटाएसम्म सो नम्बरबाट तपाईको मोबाइलमा फोन लाग्दैन ।

एप्स
नम्बरलाई ब्ल्याकलिस्टमा राख्नका लागि प्लेस्टोरमा विभिन्न एप्स उपलब्ध छन् । प्लेस्टोरबाट एप्स डाउनलोड गरेर पनि नम्बर ब्ल्याकलिस्टमा राख्न सकिन्छ ।

कन्ट्याक सेटिङ
तपाई आफ्नो एड्रोयड वा आइओसको कन्ट्याक लिस्टबाट रिसिभ गर्ने वा नगर्ने नम्बर छनोट गर्न सक्नु हुन्छ ।


क्लिकमान्डु