बस्तुगतबाट पाण्डेले गरे उपाध्यक्षमा उम्मेदवारी घोषणा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधरणसभामा बस्तुगत तर्फ शंकर प्रसाद पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल पश्मिना उद्योग संघको पूर्व अध्यक्ष रहेका पाण्डेले आज आयोजित कार्यक्रममा वस्तुगत तर्फबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । उनी किशोर प्रधान समूहबाट वस्तुगतबाट उपाध्यक्ष उम्मेदवार बनेका हुन् ।

बरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानसँग उभिएर पाण्डेले उपाध्यक्षको उम्मेदवारी घोषणा गरे । उनले आफुले महासंघको वस्तुगत क्षेत्रमा १० वर्षदेखि सक्रिय रहेको भन्दै यसको लागि बस्तुगत तर्फ उम्मेदवारी घोषणा गरेको बताए ।


क्लिकमान्डु