मदिरा उत्पादक संघमा केसी




काठमाडौं । नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा रवि केसी निर्वाचित भएका छन् । संघको आठौ महाधिवेशनले केसीलाई निर्विरोध अध्यक्षमा चुनेको हो । यस्तै संघको बरिष्ठ उपाध्यक्षमा बन्तराज श्रेष्ठ,उपाध्यक्षमा अच्चुत रिजाल,मिनराज भुषाल,किशोर भट्टराई,कन्हैयाप्रसाद गुप्ता निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा अभिषेक श्रेष्ठ,महासचिवमा राजु गुरुङ,सचिवमा महेश पुजारी निर्वाचित भएको संघले जनाएको छ । कार्यकारी सदस्यमा राजेन्द्र दाहाल,ओमकाजी श्रेष्ठ,लक्ष्मण थापा,सन्तोष कार्की,पीताम्बर जोशी,हरिकिशोर शाह तथा सल्लाहकारमा रवीन्द्रमान श्रेष्ठ र खगेन्द्र सिटौला चयन भएको संघले जनाएको छ ।


क्लिकमान्डु