भारतमा दुई ठूला टेलिकम कम्पनी गए मर्जरमा




मुम्बई । मुकेश अम्बानीको जिओ मोबाइलको कारण प्रतिस्पर्धा गर्न कठिनाई भएपछि भारतका दुई ठूला मोबाइल सेवा प्रदायक कम्पनी भोडाफोन र आइडिया मर्जमा गएका छन् । सोमबार दुई कम्पनीले मर्जरमा गएको घोषणा गरेका हुन् । मर्जरपछि यसको ग्राहक संख्या ३९ करोड पुग्ने छ ।

मर्जरपछि यो कम्पनी भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी बन्ने छ । यसले जिओलाई टक्कर दिने अनुमान गरिएको छ ।

जिओको आकक्रम र सस्तो मोबाइल सेवा दिने घोषणाको कारण अहिले भारतमा टेलिकम कम्पनीमा मर्जर तथा एक्विजेशनको लहर चलेको छ । रिलायन्ज जिओ लन्च भएको ६ महिनामा १० करोड ग्राहक पुगेको थियो । जिओको सस्तो प्याकेजले भारतीय टेलिकम कम्पनीमा भूकम्प ल्याइदिएको थियो ।


क्लिकमान्डु