इच्छाराजको सिभिल होम्समा यस्तो छ कर्मचारीको दादागिरी



काठमाडौं । नेकपा एमालेका सांसदसमेत रहेका इच्छाराज तामाङ अध्यक्षरहेको ललितपुरको सिभिल होम्स् प्रालि र सिभिल होम्स् आवासिय समाजबीच चरम विवाद उत्पन भएको छ ।

सिभिल होम्स् प्रालिको व्यवस्पक समूहले आवासीय समाजको पर्खाल भत्काएर खानेपानी श्रोतमा ताला लगाएपछि दुई समुहबीच विवाद उत्पन भएको हो ।

सिभिल होम्स्का सहायक महाबन्धक ओमकृष्ण महर्जनको नेतृत्वमा आएको टोली मूल गेटसँगैको कम्पाउण्ड वाल फोरेर भित्र पसी हुलदंगा गर्न खोजेको सिभिल होम्स् आवासीय समाजका उपाध्यक्ष प्रमोद प्रधानले बताए ।

सिभिल होम्स् र सिभिल होम्स् आवासीय समाजबीच समय समयमा एकअर्काको क्षेत्रभित्र अवैध प्रकृतिका एवं अनधिकृत क्रियाकलाप नगर्ने सहमति हुँदै आएको प्रधानले बताए ।

‘हाम्रो सुरक्षा गार्डले बिनाकाम प्रवेश गर्न दिदैनौँ भनेपछि सिभिल होम्सका कर्मचारी पर्खाल भत्काएर प्रवेश गरे,’ पंधानले क्लिकमाण्डूसँग भने ।

प्रहरीसहितको टोलिले सामुहिक आवासमा तोडफोड गरेको प्रधानको आरोप छ ।

खानेपानीको उत्पादन तथा प्रशोधन केन्द्रमा समेत ताला लगाई खानेपानीबाट बन्चित गराएको उनले आरोप लगाए ।


पुष्प दुलाल