ब्राण्डेड सामान किन्ने हो ? दरबारमार्गमा ९० प्रतिशतसम्म छुटको सेल अफर




काठमाडौं । जुत्ता, सर्ट, पाइन्ट, हापपाइन्ट, ज्याकेट, मोजा, क्याप, टिशर्ट, बेल्ट, जस्ता बस्तु खरिदको तयारीमा हुनुहुन्छ भने काठमाडौंको दरबारमार्गका पसल तपाइको लागि उपयुक्त हुन सक्छन् ।

ब्राण्डेड बस्तुहरुको स्टक क्लियरेन्स र बढी बिक्री गर्ने उद्देश्यले ब्यापारीहरुले ९० प्रतिशतसम्म छुटमा यस्ता सामाग्रीको बिक्री गरिरहेका छन् ।

दरबारमार्गको केटिएम सिटीमा ९० प्रतिशतसम्म छुटमा सेल अफर लागेको छ । सिटीले ३९० रुपैयाँदेखि २०९० सम्मको लुगा सेलमा राखिएको सिटीका ब्यापारीले बताएका छन् ।

दरबारमार्गमा विश्व चर्चित ब्राण्डहरु जस्तै रिबोक, नाइक, पुमा, एन्टा, ली, युएस पोलो, ग्लोरडानो, बेन्ट्ली आदिको पछिल्लो उत्पादन पाइन्छ । यी अधिकांश उत्पादनहरु सेलमा राखिएको छ ।

चर्चित ब्राण्डहरुमा नेपालीहरुको पनि ठूलो रुची रहदै आएको छ । चर्चित ब्राण्डहरु सेल अफरमा सस्तो हुने हुनाले ग्राहकको पनि भिड लाग्ने गरेको ब्यापारीहरु बताउछन् ।

रिबोक जुत्तामा ५० प्रतिशतसम्म छुटमा सेल अफर लागेको शो रुमका कर्मचारीले जानकारी दिए । यस्तै रिबोक जुत्तामा एउटा किन्दा अर्काे सित्तैमा पाइने अफर पनि छ । रिबोकले लेडिज एन्ड जेन्स दुबै प्रकारका जुत्ता सेलमा राखेको छ ।

अर्काे विश्व विख्यात ब्राण्ड एन्टाले पनि छुट अफर राखेको छ । एन्टाले आफ्नो ब्राण्डको एउटा सामान खरिदमा ४० प्रतिशत छुट, दुईटा खरिदमा ५० प्रतिशत छुट र तिनवटा खरिदमा ६० प्रतिशत छुट दिएर विक्री गरिरहेको छ ।

यस्तै एन्टाको ब्राण्डमा नयाँ सामानमा १५ प्रतिशत छुट, फुट वयरमा स्टक क्लियरेन्समा २५ प्रतिशत छुट र एपरेल्समा ४० प्रतिशत छुटको ब्यवस्था छ । एन्टाले करिब २ महिनादेखि यस्तो सेल अफर संचालन गरेको हो ।

युएस पोलोको ब्राण्ड तपाइलाई मन पर्छ भने त्यसमा पनि छुट छ । बिक्रेताले दिएको जानकारी अनुसार सो ब्राण्डका सामानमा ५० प्रतिशतसम्म छुट छ । यस्तै लीका उत्पादनहरुमा पनि ५० प्रतिशतसम्म छुट दिइएको छ ।

अर्काे ब्राण्ड टुइटी (किड्स कलेक्सन) मा वीन्टर विन्टर क्लियर स्टकमा ५० प्रतिशतसम्म छुट छ । यस्तै ग्लोरडानोमा विन्टर सिजनका सामानहरुमा ७० प्रतिशतसम्म छुट दिइएको छ । यस्तो सेल अफर स्टक नसकिउन्जेल लाग्ने ब्यापारीहरुले बताएका छन् ।


क्लिकमान्डु