एक्साइड ब्याट्रीको डिलरहरुका लागि वैदेशिक भ्रमण कार्यक्रम



काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिअन्तर्गत एक्साइड ब्याट्रीले आफ्ना डिलरहरुलाई प्रोत्साहित गर्न र मनोरञ्जनको लागि दुबई, इन्डोनेसिया र थाइल्यान्डको भ्रमण कार्यक्रम हालै सम्पन्न गरेको छ ।

सो भ्रमणबाट डिलरहरुमाझ एउटा उर्जाको बिकास भएको हुँदा कम्पनी र डिलरहरुको बिचमा एउटा अटूट र सुमधुुर सम्बन्ध कायम भएको कुरा कम्पनीका महाप्रबन्धक सुरेश कुमार तिवारीले बताएका छन् ।

यस्ता कार्यक्रमहरु आउने दिनहरुमा पनि आयोजना गरिने र अन्य बिकसित देशहरुको भ्रमण गराउने कम्पनीको योजना रहेको छ ।

सो योजना अनुरुप कम्पनीले आगामी १ महिना भित्र संयुक्त राज्य अमेरिका र चीनको भ्रमण गराउने जानकारी दिएको छ ।


क्लिकमान्डु