यूनिभर्सल इलेक्ट्रोकम र हिटाचीबिच साझेदारी



काठमाडौं । यूनिभर्सल इलेक्ट्रोकमले हिटाचीसँग साझेदारी गरेको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच साझेदारीको घोषणा गरेको हो ।

यससँगै यूनिभर्सलले जापानी ब्राण्ड हिटाचीका टिभी, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर तथा ग्याँस चुल्होलगायत नेपाली बजारमा भित्र्याएको छ ।

हिटाचीले नेपाली बजारमा ठूलो व्यापारिक हिस्सा ओगट्ने अपेक्षा गरेको युनिभर्सलका सिइओ ललित मिश्रले जानकारी दिए ।


क्लिकमान्डु