अर्बपति विनोद चौधरीको सम्पत्ति झन् बढ्यो




काठमाडौं । फोब्र्स म्यागेजिनको अर्बपतिको ब्यापारीको सूचिमा परेका बिनोद चौधरीको सम्पत्ती एक वर्षको अवधीमा २० करोड डलरले बढेको छ ।

फोब्र्सले सन् २०१७ को अर्बपतिको सूचि सार्वजनिक गरेको छ । जस अनुसार नेपालबाट अर्बपतिको सूचिमा रहेका बिनोद चौधरीको सम्पत्ती १ अर्ब ३१ करोड अमेरिकी डलर रहेको छ । गतर्ष उनीसँग १ अर्ब १० करोड अमेरिकी डलरको सम्पत्ती रहेको थियो । चौधरी फोब्र्सको अर्बपतिको सूचिमा सन् २०१३ देखि परेका थिए । व्यवसायिक घराना चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको नेपाल सहित विदेशमा व्यापार व्यवसाय फैलिएको छ । उनी विश्वका अर्बपतिको १५ सय ६७ औ सूचिमा रहेका छन् ।

फोब्र्स म्यागेजिनका अनुसार यो वर्ष विश्वको सबैभन्दा बढी धनी व्यक्तिमा बिल गेट्स छन् । उनको सम्पत्ती ८६ अर्ब अमेरिकी डलर छ । दोस्रोमा सेयर बजारका बादशाह मानिने वारेन बफेट रहेका छन् । उनीसँग ७५ अर्ब ६० करोड डलर सम्पत्ती रहेको छ ।

फोब्र्सका अनुसार गतवर्षसम्ममा विश्वमा अर्बपतिको संख्या २ हजार ४३ पुगेको छ । फोब्र्सको सूचिमा १ सय ९६ जना नयाँ अर्बपति थपिएका छन् ।


क्लिकमान्डु