इटा भट्टामा काम, ६ महिनामा ५ लाख कमाई



काठमाडौं । रोजगारीको सिलसिलामा करिब ४० लाख युवा बिदेशमा छन् । खाडी राष्ट्र र मलेशिया जानको लागि पनि १ लाख रुपैयाँभन्दा बढी सुरुमै लगानी गर्नुपर्छ । त्यसपछि पनि मासिक कमाइ त्यही ३०/३५ हजारको हारहारीमै हो ।

तर नेपालमै पनि केही यस्ता क्षेत्र छन्, जसमा काम गरे मासिक कमाइ बिदेशको भन्दा बढी हुन्छ । विदेश जान गर्नुपर्ने लगानी चाहिदैन भने परिवारसँगै बस्न पाइने थप सुविधा त हुन्छ नै ।

सिन्धुलीका राजकुमार तामाङ विगत ३ वर्षदेखि भक्तपूरको एमटी इट्टाभट्टमा काम गरिरहेका छन् । बर्षको ५÷६ महिना काम हुँदा पनि ४ देखि ५ लाख रुपैयाँ जति बचत हुने उनी बताउछन् ।

इटा भट्टामा काम गर्न सजिलो भने छैन । तर खाडी देशमा झै ४० डिग्री सेन्टिग्रेटभन्दा माथिको तातोमा काम भने गर्नुपर्दैन । यहाँ पनि काम गर्न कठिन हुने भट्टामा कार्यरत मजदुर बताउछन् ।

‘कात्तिकदेखि चैतसम्म मात्र काम हुन्छ, यहाँ काम गरुन्जेल बस्ने सुबिधा दिइएको छ, काम गरुन्जेल मासिक वा दैनिक रुपमा पैसा पाइदैन, दैनिक खर्चको लागि साहूँले १०/१० दिन पैसा दिन्छन्, बाँकी पैसा इटा बनाउने सिजन सकेर घर जाने बेलामा एकमुष्ट पाइन्छ, बाँकी पैसा त्यही ४/५ लाख जति हुन्छ,’ तामाङले क्लिकमाण्डूसँग भने ।

इटा भट्टामा काम गर्न सजिलो भने छैन । तर खाडी देशमा झै ४० डिग्री सेन्टिग्रेटभन्दा माथिको तातोमा काम भने गर्नुपर्दैन । यहाँ पनि काम गर्न कठिन हुने भट्टामा कार्यरत मजदुर बताउछन् ।

‘सुरु सुरुमा त निकै गाह्रो भयो, पछि बानी परियो, दुख नगरी सुख पाईदैन भन्छन्, त्यसैले दुख गरिन्छ,’ तामाङ भन्छन् ।

भट्टामा कार्यरत अर्का मजदुर काभ्रेका देवराज लामाको भनाइ पनि त्यस्तै छ । उनी २ बर्षदेखि भट्टामा काम गरिरहेका छन् । करिब ६ महिना मात्रै काम हुने हुँदा रोजगारी निरन्त नहुने देबराजको गुनासो छ ।

‘भट्टामा जम्मा ६ महिना मात्रै काम हुन्छ, बाह्रै महिना काम हुने भए राम्रो हुन्थ्यो, काम गर्दा बिरामी भइयो भने त्यसको खर्च आफैले ब्यहोर्नुपर्छ, साँहूले बिरामी खर्च ब्यहोर्ने ब्यवस्था भए अझ राम्रो हुन्थ्यो,’ उनी भन्छन् ।

विदेश जानुभन्दा नेपालीमै राम्रो कमाइ रहेको मजदुर बताउछन् । दैनिक २५ सय रुपैयाँसम्म कमाइ हुने उनीहरुको भनाइ छ । काम भने विहान ३ बजेदेखि राती ८ बजेसम्म गर्नुपर्ने देबराजले बताए ।


क्लिकमान्डु