पुनर्निर्माण प्राधिकरणका सीइओको गुनासो- कर्मचारी दिनै मान्दैनन् मन्त्रालय, अनि कसरी काम गर्नु ?




काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवश्यक प्राविधिक कर्मचारीको अभावमा काम गर्न सकिरहेको छैन । कर्मचारी समस्यामै झेलिएको प्राधिकरणले पुनर्निर्माणको काम पनि द्रुत गतिमा अघि बढाउन सकेको छैन ।

‘एकजना सहसचिव म प्राधिकरणमा काम गर्छु भन्दै ३ पटक म कहाँ आउनुभयो, हामीले मन्त्रालयलाई चिठी पनि पठायौं,’ पोखरेलले भने,- ‘तर मन्त्रालयले उहाँलाई छोड्दै छोडेन ।’

तर, मन्त्रालयहरुले कर्मचारी नदिएका कारण कर्मचारी अभाव भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल बताउँछन् । तर बाहिर प्राधिकरणमा कर्मचारीहरु जानै नमानेको भन्ने गलत हल्ला फैलिएको उनको भनाई छ ।

‘बाहिर पुनािनर्माण प्राधिकरणमा कर्मचारीहरु जानै मानेन् भन्ने हल्ला छ तर मैले त्यस्तो पाइँन,’ डा. पोखरेलले क्लिकमाण्डूसँग भने,- ‘प्राधिकरणमा कर्मचारीहरु आउन मान्छन् । तर मन्त्रालयहरु कर्मचारीलाई यहाँ पठाउन मान्दै मान्दैनन् ।’

प्राधिकरणले आफैं पुनर्निर्माणको काम नगरी सम्बन्धित मन्त्रालयमार्फत नै काम गराउँदै आएको छ । प्राधिकरणलाई चाहिने कर्मचारी कि स्थानीय विकासका इन्जिनियर कि त शहरी विकासका हुन् । ती मन्त्रालयमै कामको ओभरलोड छ, त्यसमाथि पुनिर्माणको कामा पनि गर्नुपरेको छ ।

साना इन्जिनियर करारमा ल्याउन सकिने भएपनि उपसचिव, सहसचिवलाई त करारमा ल्याउन नसकिने उनको भनाई छ । अनि मन्त्रालयहरुले चाहीँ उपसचिव सहसचिव नै लगेपछि हामीले कसरी काम गर्ने भनेर प्राधिकरणलाई कर्मचारी नदिएको उनले गुनासो गरे ।

‘एकजना सहसचिव म प्राधिकरणमा काम गर्छु भन्दै ३ पटक म कहाँ आउनुभयो, हामीले मन्त्रालयलाई चिठी पनि पठायौं,’ पोखरेलले भने,- ‘तर मन्त्रालयले उहाँलाई छोड्दै छोडेन ।’

अहिले पनि २ जना उपसचिवहरु प्राधिकरण आउन तयार भएको तर मन्त्रालयले नपठाएको उनले सुनाए ।

‘कर्मचारी साथीहरु यहाँ आउन इच्छुक छन् । र, आउँछन् पनि । तर मन्त्रालयले नै आउन नदिएपछि प्राधिकरणलाई समस्या भएको हो ।’ उनले भने ।


पुष्प दुलाल