अस्थायी पुल तरेको शुल्क प्रतिब्यक्ति ५ रुपैयाँ




कैलाली । नदी तर्दा पुलबाट तरेबापत पैसा तिर्नुपर्छभन्दा पत्यार नलाग्न सक्ला । तर कञ्चनपुर–कैलालीको सीमा छुट्याउने मोहना नदीको पुलमा ओहोरदोहोर गर्दा अमरबस्तीका स्थानीयवासीले रकम बुझाउनुपर्ने बाध्यता छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ अमरबस्तीका नागरिक धनगढीलगायत अन्य स्थानमा जान मोहना नदीमा बनाएको बाँसको अस्थायी पुलबाट तरेबापत वर्षौदेखि पैसा तिर्दै आएका छन् । वारि–कञ्चनपुरको अमरबस्ती र पारि–कैलालीको बरहरा बस्तीको बीचमा पर्ने नदीमा स्थानीयवासीले समूहमार्फत अस्थायी पुल बनाएका हुन् ।

पुलमा ओहोर–दोहोर गरेबापत प्रतिमोटरसाइकल २० रुपैयाँ, साइकल १० रुपैयाँ र प्रतिव्यक्ति ५ रुपैयाँ रकम तिर्नुपर्ने पुलका चौकीदार सुन्दर चौधरीले बताए ।

‘नदीमा पुल नभए स्थानीयवासीलाई ओहोर–दोहारमै समस्या पर्छ, स्थायी पुल नहुँदा गाउँलेले सधैँ रकम तिर्नुपर्ने बाध्यता छ,’ चौधरीले भने ।

अमरबस्तीका किसानले उत्पादन गरेको तरकारी बिक्री–वितरणका लागि धनगढीलगायत बजारमा जान पुलका कारण सहज भएको चौधरीको भनाइ छ ।

‘पुल नभएको भए गाउँमा उत्पादन गरिएको तरकारी बजारमा पु¥याउन पनि गाह्रो थियो, बर्सातमा पुल रहँदैन, घुमाउरो बाटो प्रयोग गर्नुको विकल्प हुँदैन,’ उनले भने ।

पुलबाट दैनिक ६ सय देखि ९ सयसम्म रकम संकलन हुने उनी बताउछन् ।

‘पुनर्वास घटनाका बेला एक दिनमै ६ हजार रुपैयाँ सङ्कलन भएको थियो । झोलुङ्गे पुल निर्माणका लागि स्थानीयवासीले माग राख्दै आएपनि सम्बोधन नभएको उनले बताए ।

बर्सातको समयमा पुल बगाउँने भएकाले नयाँ पुल निर्माणमा पैसा आवश्यक पर्ने भएकाले सुविधा बापत पैसा उठाउने गरिएको हो । झोलुङ्गे पुल निर्माण भएमा त्यस भेगका जनताले ठूलै राहत महसुस गर्ने छन् ।


क्लिकमान्डु