अनलाइन हुँदा पनि ईपीएस फर्म भर्नेहरुको बैंकमा रकम बुझाउन भिड



 

काठमाडौं । दक्षिण कोरियामा कामदारको रुपमा जान चाहनेहरुले भर्नुपर्ने इपीएस फर्म अनलाइन भएपछि बैंकमा फर्म भर्नेहरुको भिड देखिएको छ । इपीएस कार्यालयले आजैदेखि इपीएस फर्म भर्नको लागि बैंकमा दस्तुर बुझाएपछि मात्र फर्म भर्न पाइने व्यवस्था गरेको छ ।

नयाँ व्यवस्थापछि कोरियामा रोजगारीमा जान चाहनेहरुको भिड बैंकको कार्यालयमा देखिएको हो । कार्यालयले ग्लोबल आईएमई बैंकका कुनैपनि शाखाबाट इपीएसको फर्मको रकम बुझाउन सकिने व्यवस्था गरेको छ ।

बैंकमा फर्म भर्नेहरुले २४ अमेरिकी डलर बराबरको करिब २,५०० रुपैंयाँ बुझाएको भौचरका साथमा मात्र फर्म भर्न पाउनेछन् ।

इपीएस कोरिया जान चाहनेहरुको कारण ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु अगाडि ग्राहकहरुको ठूलो भिड देखिएको छ । यसको लागी फर्म भर्ने म्याद १८ चैतसम्म तोकिएको छ ।


क्लिकमान्डु