राष्ट्रिय दल बन्न ३ प्रतिशत मत र १ सिट अनिवार्य चाहिने




काठमाडौं । राष्ट्रिय दलको मान्यताको लागि अब ३ प्रतिशत मत र प्रत्यक्षमा १ सिट अनिवार्य जित्नुपर्ने भएको छ ।

राज्य व्यवस्था समितिको बैठकले राजनीतिक दल सम्बन्धित कानूनलाई संसोधन तथा एकीकरण गर्न बनेको विधेयक पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।

साना राजनीतिक दलले भने यो व्यवस्थाको विरोध गरेका छन् ।

राज्य व्यवस्था समितिले पारित गरेको विधेयक व्यवस्थापिका संसद्ले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।


क्लिकमान्डु