वर्षाले करोडौँको काँचो इँटामा क्षति, अत्यधिक बिक्री हुने याममा व्यवसायी मारमा



लहान । हावाहुरीसँगै अचानक भएको वर्षाका कारण सिरहाको विभिन्न इँटा उद्योगमा तयारी अवस्थामा राखिएको करोडौँ मूल्य बराबरको काँचो इँटामा क्षति पुगेको छ ।

करिब ५० वटाभन्दा बढी इँटा उद्योगमा पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा गल्दा तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको इँटा व्यवसायीले बताएका छन् । ठूलो लगानी लगाएर तयार गरिएको काँचो इँटा गल्दा व्यवसायी मारमा परेका नेपाल इँटा उद्योग महासङ्घका केन्द्रीय सदस्य तथा गोलबजारस्थित सागर इँटा उद्योगका सञ्चालक विक्रम साहले बताए ।

अहिले अत्यधिक बिक्री हुने याम भएकाले इँटा धमाधम तयारी गरिरहेको अवस्थामा पानी परेका कारण करोडाँको क्षति भएको हो । पानीले काँचो इँटा गल्दा लागत मूल्य गुमाउनुको साथै पुनः काँचो इँटा तयार गर्दा दोब्बर खर्च बेहोर्नु पर्ने अवस्था सिर्जना भएको गोलबजारस्थित सगुन इँटा उद्योगका सञ्चालक रामसगुन यादवको भनाइ छ ।


क्लिकमान्डु