५२ अंकसम्मको वृद्धि हासिल गरेको नेप्से, अन्त्यमा १८ अंकमा अड्कियो




काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) मा बुधबार निकै उतारचढाव देखिएको छ । १४६२.२३ अंक बाट आज दिन सुरु गरेको नेप्से परिचुकमा उतारचढाव देखिएको हो ।

कारोबारको समय १५१२ अंकसम्म छोएको नेप्से परिसुचक कारोबार बन्द हुँदा १८.३३ अंकले बढेर १४८०.५६ अंकमा अडेको छ ।

बुधबार नेप्सेमा १४५ कम्पनीका २५ लाख ११ हजार कित्ता सेयर किनबेच भएका छन् । १ अर्ब ३७ करोड २२ लाखको कारोबार भएको छ । मंगलबारभन्दा आज ५ करोड कमको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

आज बीमा समुहबाहेक अन्य समुहको परिसुचक बढेका छन् । बीमा समुह ११५.९७ अंकले घटेको छ ।

बैंक समुह २५.६, होटल समुह २७.२८, विकास बैंक समुह ४०.१५, जल विद्युत समुह २५.४१ र अन्य समुह २.९ अंकले बढेका छन् । आज उत्पादन मुलक समुहको सेयर किनबेच हुन सकेन ।

नेरुड लघुवित्त विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन् । राप्तीभेरी विकास बैंकका लगानीकर्ताले ७.०६ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल