चन्द्रागिरि पुगे पूर्व प्रधानमन्त्री नेपाल



काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् ।

पूर्व प्रधानमन्त्री नेपालले काठमाडौं उपत्यकाको ऐतिहासिक र रमणीय स्थल चन्द्रागिरिमा निर्माण गरिएको चन्द्रागिरि केबलकारले देशको पर्यटन प्रवद्र्धन र आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

त्यस्तै, बंगलादेश संसद्का सभामुख डा.शीरिन शर्मिन चौधरीले पनि चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेकी छिन् । चन्द्रागिरि पर्वतबाट देखिएको दृश्यले प्रभावित भएको चौधरीले बताइन् ।

बुधबार नै छिमेकी मित्र राष्ट्र चीनका धर्म गुरु लि चीएले चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् ।

धर्म गुरुले २५ सय ५१ मिटरको अग्लो पर्वतबाट राजधानी काठमाडौं लगायत उच्च हिमशृंखलाको दर्शन गर्ने अवसर जुरेकोमा आफुलाई भाग्यमानी बताए ।

भ्रमणमा रहेको टोलीलाई चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् महाप्रवन्धक अभिषेकविक्रम शाहले परियोजनाको स्थलगत अवलोकन गराएको कम्पनीले जानकारी दियो।


पुष्प दुलाल