मेगाको सेयर लिलामीमा



काठमाडौं । मेगा बैंकले बिक्री नभएको हकप्रद सेयरलाई लिलामीमा राखेको छ ।

बैंकले जारी गरेको सूचना अनुसार १ लाख ६८ हजार ९ सय ९२ कित्ता संस्थापक तथा २ लाख १७ हजार ८ सय ९० कित्ता साधारण सेयरलाई लिलामीमा राखेको हो ।

सेयर लिलामी चैत १३ देखि चैत २० सम्म हुने छ । सेयर लिलामी नबिल इन्भेष्टमेन्ट र मेगा बैंकको केन्द्रीय कार्यालय मार्फत भर्न सकिने छ ।


क्लिकमान्डु