भारु सटहीमा छलफल गर्न आरबिआईकी कार्यकारी निर्देशक पन्त नेपाल आउने




काठमाडौं । प्रतिबन्ध लागेको भारतीय रुपैयाँ ५०० र १ हजार दरको नोटको विषयमा कुरा गर्न शनिवार भारतीय रिजर्ब बैंक(आरबिआई)का कार्यकारी निर्देशकको नेतृत्वमा चार सदस्य टोली नेपाल आउने भएको छ । आरबिआईकी कार्यकारी निर्देशक डा दिपाली पन्त जोशीको नेतृत्वमा आउन लागेको टोलीमा आरबिआईबाट पन्त सहित दुई र भारतको वित्त मन्त्रालयबाट दुई सदस्य छन् ।

दुई साता अगाडिपनि आरबिआईको टोली भारु सटहीको विषयमा कुरा गर्न नेपाल आएको थियो । अहिले नेपाल आउन लागेकी आरबिआई कार्यकारी निर्देशक डा रुपाली भ्रमणपछि नेपालमा रहेको भारतीय नोट सहटीको विषयमा टुंगो लाग्ने अपेक्षा केन्द्रीय बैंकले गरेको छ ।

‘ शनिवार आरबिआईको उच्च स्तरिय टोलीको भ्रमणपछि प्रतिबन्ध लागेका नोट सहटी हुने अपेक्षा गर्न सकिन्छ’,राष्ट्र बैंक उच्च स्रोतले भन्यो ।

भारतको केन्द्र सरकारले ठूला दरका ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा भएको नोट साटिने वा नसाटिने अन्यौल कायम छ ।


क्लिकमान्डु