प्रभु बैंकको हकप्रद शेयर निष्काशकमा एनसिएम मर्चेन्ट



काठमाडौं । प्रभु बैंकको पन्ध्रौं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कायम शेयरधनीहरुकोे लागि १० कित्ता शेयर बराबर ४ कित्ता अर्थात चुक्ता पूंजीको ४०% ले हुने २,३५,२५,६०८ कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि एन.सि.एम.मर्चेन्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उ    क्त कार्यको लागि प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन.सि.एम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका हकप्रद शेयर निष्काशन गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।


क्लिकमान्डु