पोखरामा फेवा नववर्ष महोत्सव हुने




पोखरा । चौधौँ फेवा नववर्ष महोत्सव यही चैत २९ गतेदेखि वैशाख २ गतेसम्म पोखराको वैदामस्थित कोमागाने पार्कमा हुने भएको छ ।

‘फेवातालको संरक्षण गरौंँ’ नाराका साथ पश्चिमाञ्चल होटल सङ्घ पोखराको आयोजनामा हुन लागेको सो महोत्सवको मुख्य आकर्षण ‘पर्यटन, संस्कृति र खाना रहने आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवम् संयोजक विकल तुलाचनले जानकारी दिए ।

दिन प्रतिदिन प्रदूषित र सङ्कुचित हुँदै गएको फेवातालको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य महोत्सवले लिएको छ । नेपालका मुख्य सहरमा अंग्र्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

महोत्सवका थप आकर्षणमा पाँच तारे होटलदेखि पोखरा क्षेत्रका गाउँ घरमा पाइने खानाका परिकार एकै थलोमा पाइने, सांस्कृतिक कार्यक्रम, बाल उद्यान तथा कृषि उपजको प्रदर्शनी रहेको छ । रासस


क्लिकमान्डु