बलिउड अभिनेता सलमान खानले तिरे सबैभन्दा बढी कर



मुम्बई । बलिउड सुपरस्टार सलमान खानले आर्थिक बर्ष २०१६/१७ को लागि सबैभन्दा बढी अग्रीम कर बुझाएका छन् ।

उनले ‘ट्याक्स रिर्टन’ (अग्रीम कर बुझाइ, फेरी पछि हिसाबकिताब गरि कर फिर्ता लिने वा थप तिर्ने प्रणाली) गर्ने सन्दर्भमा आफ्ना समकक्षी स्टारहरु अक्षय कुमार, आमिर खान र हृतिक रोशनलाई पछि छाडेका छन् ।

सलमानले आफ्नो ब्लकबस्टर फिल्म सुल्तान र आफुले चलाउँदै आएको हिट रियालिटि शोको माध्यमबाट कमाएको पैसाले आफ्ना समकक्षी स्टारहरुलाई पछाडि छाडेका हुन् । सलमानले गत बर्षको ३२ करोड २० लाख भारुको तुलनामा यस बर्ष ४४ करोड ५० लाख भारु अग्रीम कर बुझाएका हुन् ।

अक्षय कुमारले गत बर्षको ३० करोड भारुको तुलनामा यो बर्ष २९ करोड ५० लाख भारु मात्र बुझाएका छन् । तेस्रो ठूला अग्रीम करदाता हृतिक रोशन भएका छन् । उनले २५ करोड ५० लाख भारु बुझाएका छन् । उनको कर उघिल्लो बर्षको भन्दा ७४ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष उनले १४ करोड भारु मात्र अग्रीम कर बुझाएका थिए ।

सूचीमा रनबिर कपुर र आमिर खान पनि परेका छन् । बलिउडका १० ठूला करदाताको सूचीमा एक मात्र निर्देशकको रुपमा करण जोहर पनि अटाएका छन् ।
तर, अमिताभ बच्चन, शाहरुक खान, ऐश्वर्य राय बच्चन लगायतले भने आफुले बुझाएको अग्रीम कर सार्वजनिक गरेका छैनन् । उनीहरुले कायम राखेको गोप्यतालाई ‘पानामा पेपर्स लिक केस’ सँग जोडेर हेरिएको छ । इकोनोमिक्स टाइम्सबाट


क्लिकमान्डु