एसइई परीक्षा दिएको हो ? चन्द्रागिरि केबलकार ३०० मा चढ्न सकिने



काठमाडौं । चन्द्रागिरि केबल प्रालिले शैक्षिक सत्र २०७३ को माध्यामिकशिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले ३ सय रुपैयाँमा केबलकार चढाउने भएको छ ।

यो छुट व्यवस्थाथा चैत मसान्तसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।
विद्यार्थीले प्रवेशपत्र काउन्टरमा पेस गरेर सो सुविधा लिन सक्ने छन् । यो छुट सुविधा लिने परीक्षार्थीहरुले अन्य छुट सुविधा नपाउने कम्पनीले जनाएको छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथालगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।


पुष्प दुलाल