बिजुली बचाउन भारतबाट २ करोड थान एलइडी बल्ब



काठमाडौं । विद्युतको खपत कम गराउन नेपाल विद्युत प्राधिकरणले भारतबाट २ करोड थाल एलइडी बल्ब आयात गर्ने प्रक्रिया सुरु गरेको छ । प्राधिकरणले सहुलियत दरमा भारतबाट एलइडी बल्ब किन्न लागेको हो ।

२ करोड थान एलइडी बल्ब वितरण गरेपछि राष्ट्रिय प्रशारणमा २ सय मेगावाट बिजुलीको लोड घट्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘हामीले यो वर्ष लोड म्यानेजमेन्ट गरेर फाट्टफुट्टबाहेक लोडसेडिङ हुन दिएनौं,’ घिसिङले क्लिकमाण्डूसँग भने, –‘एलइडी बल्ब पनि लोड म्यानेजमेन्टको एउटा टुल्स हो ।’

हाल प्रचलनमा रहेको सीएफएलभन्दा निकै कम विजुली खपत गर्ने र निकै बढी प्रकाश दिने भएकाले प्राधिकरणले आफ्ना उपभोक्तालाई एलइडी बल्ब वितरण गर्न लागेको उनको भनाई छ ।

‘१५ वाटको सिएफएलले जति उिज्यालो दिन्छ, ५ वाटको एलइडीले त्यतिनै उज्यालो दिन्छ,’ घिसिङले भने । उनका अनुसार एलइडी बल्बले सिएफएलभन्दा ३ गुणा कम विद्युत खखपत गर्छ ।

‘२ करोड एलइडी बल्ब प्रयोगमा ल्याइसकेपछि करिब २ सय मेगावाट बिजुली बचत हुने हाम्रो विश्वास छ,’ घिसिङले भने, -‘जसकामे प्रयोगले आगामी वर्षहरुमा पनि लोडसेडिङ हुन नदिने ठूलो मद्दत गर्छ ।’

७ र ९ वाटका एलइडी बल्ब र २० वाटको ट्युवलाइट आयातको प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए ।

‘कम्तीमा २ हप्ताभित्र एलइडी बल्ब काठमाडौं आइपुग्ने गरी हामीले प्रक्रिया अघि बढाइसकेका छौं,’ उनले भने ।

प्राधिकरणले भारतबाट सहुलियत दरमा एलइडी किन्ने भएकाले प्राधिकरणबाट एलइडी किन्ने उपभोक्ताले सस्तो मुल्यमा किन्न पाउने उनले बताए ।

‘हामीले सहुलित दरका किनेका कारण हामीसँग किन्दा बजार भाउभन्दा ३ गुणा सस्तोमा एलइडी पाइन्छ,’ घिसिमङले भने ।

भारत सरकार स्वामित्वको इइएसएल कम्पनीले ऊर्जा मन्त्रालयमार्फत प्राधिकरणलाई २ करोड थान बल्ब सहुलियत दरमा दिने भएको हो ।


पुष्प दुलाल