छुट्न थाले कलकत्ताबाट नेपाली कन्टेनर,अवस्था सहज हुन केही दिन लाग्ने



काठमाडौं । नक्कली नोटको आंशकामा कडा गरिएको चेकजाँजको कारण अलपत्र परेका नेपाली कन्टेनर त्यहाँबाट छुट्न थालेका छन् । भारतीय सुरक्षाकर्मीलाई कलकत्ता सहित चार स्थानमा नक्कली नोट आएको आंशकामा गरिएको कडा चेकजाँचको कारण तेस्रो मुलुकबाट आएका कन्टेनर अलपत्र परेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति उपसभापति भरत आचार्य कन्टेनर छुट्न थालेपनि सामान्य अवस्थामा आउन केही दिन अझै लाग्ने बताउँछन् । ‘ संवेदनशील भएको हुँदा चेकजाँचको प्रक्रिया अलि लामो छ’,उनले क्लिकमाण्डूसँग भने,‘ समयमा सामान नेपाल नआउँदा यसको लागत बढ्छ।’

कलकत्ता बन्दरगाहमा अनावश्यक रुपमा नेपाली आउन लागेका कन्टेनर बस्नुपर्दा व्यवसायीलाई दैनिक १ सय २० अमेरिकी डलर लागत थपिने गर्छ । भारतीय सुरक्षाकर्मीलाई कलकत्ता सहित चार बन्दरगाहमा नक्कली भारतीय रुपैयाँ कन्टेनरमा आएको सूचनाको आधारमा चेकजाँज कडाई गरेपनि अहिलेसम्म नक्कली नोट भने भेटिएको छैन ।


क्लिकमान्डु