टुरिजम डेभलपमेन्ट बैैंकको हकप्रद खुल्ला



काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले आइतबारबाट एक सय प्रतिशत हकप्रद बिक्रि खुल्ला भएको छ । बैंक हाल मेगा बैंक सँग मर्जरको प्रक्रियामा रहेको छ ।

बैंकले हाल चुक्ता पूँजीको १०० प्रतिशतको हिसाबले ९१ लाख ९७ हजार ७ सय १२ कित्ता हकप्रद सेयर बिक्रि गर्न लागेको हो ।

हकप्रद सेयर भर्ने अन्तिम दिन बैशाख १७ गते तोकिएको छ । बैंकले माघ ७ गते दर्ता किताब बन्द गरेको हुँदा माघ ६ गतेसम्म सेयर किनेका सेयरधनीहरुले मात्र हकप्रद सेयर आवेदन दिन पाउँनेछन् । बैंकले मातृभूमि र कालिञ्चोक बिकास बैंकलाई यस अघि नै गाभिसकेको छ ।

बैंकले सेयर बिक्रि प्रबन्धकका रुपमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ । आवेदन फारम एनआइबिएल क्यापिटलको कार्यालय र टुरिजमका शाखाकहरुबाट लिन सिकिनेछ ।
हाल बैंकको चुक्ता पूँजी ९१ करोड ९७ लाख ७१ हजार २ सय रुपैंयाँ छ । बैंकले चालु आर्थिक बर्षको दास्रो त्रेमाससम्म १४ करोड ६३ लाख ८१ हजार रुपैंयाँ खुद नाफा कमाएको छ ।


क्लिकमान्डु