बैंकरलाई सेयर लगानीकर्ताले भने- व्याजदर अचाक्ली महंगो भो, तत्काल घटाउनुहोस्



काठमाडौं । सेयर लगानीकर्ता संघले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउ आग्रह गरेको छ ।

संघका पदाधिकारीले बैंकर्स संघका अध्यक्ष अनिल साहलाई समेत भेटेरै ब्याजदर घटाउन आग्रह गरेका हुन् । भेटमा अध्यक्ष साहले २ महिनाभित्र ब्याजदर घटेर सहज हुने बताए ।

निक्षेप र कर्जा दुवैको ब्याजदर दोहोरो अंकमा रहेकाले उद्योगधन्दा चर्को मारमा परेको भन्दै संघले व्याजदर घटाउन आग्रह गरेको हो ।

‘उद्यमीले व्यवसाय विस्तार गर्न नसक्ने अवस्था छ । यसले समग्र मुलुकको अर्थतन्त्रमा नै नकारात्मक असर पुर्याएको छ,’ संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

उच्चदरमा ब्याजदर लिँदा बैंक तथा वित्तीय संस्थाप्रति नै सर्वसाधराणको नकारात्मक धारणा बन्न थालेको संघको बुझाई छ।


पुष्प दुलाल