बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्काशन गर्ने



काठमाडौं । बुटवल पावर कम्पनीले ३ सय ७० रुपैंयाँ प्रिमियममा १०० रुपैंयाँ ‘फेस भ्याल्यु’ जोडी ४ सय ७० रुपैंयाँमा एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले नेप्सेलाई आज चैत १३ गते पत्र लेख्दै सो प्रस्ताव गरेको हो । प्रस्तावमा कम्पनीले ४० लाख ८१ हजार कित्ता सेयर जारी गर्ने जनाएको छ ।

कम्पनीले प्रक्षेपित विवरण र वास्तविक विवरणमा २० प्रतिशत भन्दा फरक परेमा सोको कारण सहित सार्वजनिक पत्रपत्रिकामा प्रकाशित गर्ने प्रतिबद्धता पनि जाहेर गरेको छ ।

कम्पनीले एफपिओबाट उठेको रकम ३७.६ मेगावाटको काबेली ए हाइड्रो प्रोजेक्ट र ३० मेगावाटको न्याग्दी हाइड्रो प्रोजेक्टको बिकासमा लगानी गर्ने बताएको छ ।

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १३.०९ करोड रुपैंयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत बर्ष यसै समयसम्म ८ करोड १८ लाख रुपैंयाँ कमाएको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैंयाँ ७४ पैसा रहेको छ भने मुल्य आम्दानी अनुपात ७२.३५ गुणा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३२.३१ रुपैंयाँ छ ।

एफपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २१ करोड रुपैंयाँ पुग्नेछ भने जगेडा कोष १ अर्ब ५० करोड रुपैंयाँले बढ्नेछ ।


पुष्प दुलाल