तपाईंलाई थाहा छ, नेपालमा कति नोट चलन चल्तीमा छन् ?



काठमाडौं । तपाईंलाई थाहा छ, देशभित्र कति नेपाली नोटहरु चलन चल्तीमा छन् ? बैंकिङ क्षेत्रलाई नजिकबाट नियाली रहनु भएको छ भने थाहा हुनसक्छ । होइन भने थाहा हुने कुरै भएन ।

राष्ट्र बैंकले जम्मा ४ खर्ब १९ अर्ब २७ करोड ७७ लाख ७० हजार रुपैयाँ नोट निष्काशन गरेको थियो । जसमध्ये अहिले देशभित्र ४ खर्ब १२ अर्ब २० करोड १९ लाख ३६ हजार ४ सय ६ रुपैयाँ बराबरका नोट चलन चल्तीमा छन् । र, ७ अर्ब ७ करोड ५८ लाख ३३ हजार ९४ करोड रुपैयाँ राष्ट्र बैंकको बैंकिङ कार्यालयमा मौज्दात छन् ।

राष्ट्र बैंक भनेको मुलुकको ढुकुटी राख्ने निकाय हो । हाल राष्ट्र बैंकसँग २१ अर्ब ३६ करोड २९ लाख ७९ हजार १ सय ५ रुपैयाँ बराबरका विदेशी मुद्रा छन् ।

त्यसैगरी, विदेशी विभिन्न बैंकहरुमा १ खर्ब २ अर्ब १४ करोड ९७ लाख ६० हजार १९ रुपैयाँ निक्षेप राखिएको छ भने १ खर्ब ३२ अर्ब ९५ करोड ५७ लाख १५ हजार ३ सय ८१ रुपैयाँ विदेशी बण्डमा लगानी गरेको छ ।

त्यसैगरी राष्ट्र बैंकले सरकारलाई ८ अर्ब ६१ करोड १५ लाख १२ हजार ६ सय १ रुपैयाँ सापट दिएको छ । त्यस्तै, वाणिज्य बैंकहरुलाई१ अर्ब ७ करोड ५९ लाख ९७ हजार ७ सय ७२ रुपैयाँ सापटी दिएको छ ।

राष्ट्र बैंकसँग जम्मा ६ खर्ब २२ अर्ब ५६ करोड ४२ हजार ४ सय ८१ रुपैयाँ सम्पत्ति तथा दायित्व भएको राष्ट्र बैंकले जनाएको छ ।


पुष्प दुलाल