मेमोरी कार्डबाट डाटा डिलिट भयो, यसरी निकाल्नुहोस आफुलाई चाहिने फाइल



अहिले हामीलाई आवश्यक परेको डाटा स्मार्टफोनमा राख्ने गरेका छौ ।  डाटा राख्नका लागि मानिसले फोनको इन्र्टनल मेमोरीमा ठाउँ अपुग देखिएमा एक्सर्टनल मेमोरी कार्ड प्रयोगमा ल्याउने गरेका छन् ।

मेमोरी कार्डमा मानिसले आफ्ना आवश्यकता अनुसारका एप्स, फोटो, गीत, भिडियोलगायत अन्य डाटा जतन साथ राख्ने गरेका छन् । आफूलाई अति आवश्यक भनेर मेमोरीमा सुरक्षित साथ राखिएको डाटा मेमोरी कार्ड बाट कहिलेकाँही डिलिट हुन पनि सक्छ । यस्तो अवस्थामा अति आवश्यक डाटा डिलिट भएर पर्नु पिर पर्छ । यो समस्याबाट बच्न केही उपाय लगानउुपर्छ । हेरौ यी उपाय
कार्डलाई अर्को डिवाइसमा जाँच गर्ने

सबैभन्दा पहिला आफ्नो मेमोरी कार्डलाई निकालेर अर्को डिभाइसमा जाँच गर्ने । कहिले काँही भाइरसका कारण डाटा डिभाइसमा नदेखिन सक्छ । यस्तो अवस्थामा अर्को डिभाइसमा जाँच गर्दा डाटा देखिन सक्छ ।

मेमोरी कार्डलाई, कार्ड रिडरमा हेर्ने

मेमोरी कार्डलाई कार्ड रिडरमा राखेर एकपटक जाँच गर्ने । त्यसपछि कम्प्युटरको स्टार्टमा गएर सर्च बक्समा cmd टाइप गर्ने । अब कमाण्ड विन्डो खुल्छ । त्यो ड्राइवको फालो गर्दै …chkdsk  टाइप गर्ने । त्यसपछि ‘एफ’ लेखेर इन्टर गरेमा तपाईको समस्या समाधान हुनेछ ।

ड्राइव जाँच

कहिलेकाँही सिस्टमले नयाँ मेमोरी कार्ड लिन मान्दैन । यस्तो अवस्थामा सेटिंङको माध्यमबाट न्यु ड्राइव लेटरको असाइन गरेरमा सो समस्याबाट मुक्त हुन सकिन्छ ।

कार्ड प्रोपट्री

कार्ड ड्राइवको प्रोपट्रीमा गएर स्पेसको चेक गर्ने । यदि तपाईको कार्डको सबै फाइल डिलिट भएको छ भने मेमोरी कार्डमा पूरै स्पेस देखिन्छ । कयौपटक कार्डको र्सिफ डायरेक्ट्री मात्र डिलिज भएको हुन्छ । यस्तो अवस्थामा, तपाई सैनडिस्क सोल्यूसन प्रयोग गर्न सक्नु हुनेछ । जसको माध्यमबाट डिलिज भएको फाइल रिस्टोर गर्न सकिन्छ ।


क्लिकमान्डु