व्यवसायीलाई करको दायरामा ल्याउन उद्योग वाणिज्य सङ्घ तथा वस्तुगत सङ्घसँग सहकार्य



पोखरा । कास्की आन्तरिक राजस्व कार्यालयले करमैत्री वातावरण निर्माण गरेर व्यवसायीलाई करको दायरामा ल्याउने भएको छ  ।

करप्रति व्यवसायी उत्सुक नदेखिएका कारण व्यवसायीको विश्वास जित्दै उनीहरूलाई करको दायरामा ल्याउने लक्ष्यका साथ कार्यालयले उद्योग वाणिज्य सङ्घ एवम् वस्तुगत सङ्घसँग सहकार्य गर्न लागेको हो  ।

प्रमुख कर अधिकृत लेखनाथ शर्माले कार्यालयले सरोकारवाला निकायसँग छलफल गर्नुका साथै कर बक्यौता राख्ने, स्वास्थ्य सेवा शुल्क नतिर्ने, शिक्षा सेवा कर नतिर्ने,समयमा विवरण पेस नगर्ने, कर कट्टी गरेर पनि खातामा दाखिला नगर्ने व्यवसायीलाई लक्षित गरी अनुगमन कार्य पनि अघि बढाएको जानकारी दिए ।

अनुगमनका क्रममा मूल्य अभिवृद्धि करमा दर्ता भई बिल विजक जारी नगरेका केही करदाता अनुसन्धानको दायरामा परेको उनले बताए ।

कार्यालयले चालु चैत महिनामा ८६ करोड रुपैयाँ कर उठाउने लक्ष्य लिएको छ । व्यवसायीलाई करको दायरामा ल्याउन कर शिक्षालगायतका कार्यक्रम पनि अघि बढाइने भएको छ ।

 


क्लिकमान्डु