यस्ता छन् सगरमाथा आरोहणका अनौठा रेकर्डहरु



काठमाडौं । सगरमाथा भन्ने वित्तिकै विश्वभर नेपाल भनेर चिनाइरहनु पर्दैन । नेपाल र सगरमाथा पर्यायबाची शब्द जस्तै बनेका छन् । अझ नेपालको पर्यटनको लाइफलाइननै बन्दै गएको छ, सगरमाथा आरोहण ।

सन् १९५३ मे २९ गते का दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले ८ हजार ८ सय ४८ मिटरको उचाईमा रहेको सगरमाथाको आरोहण गरेपछी पछिल्लो समय सगरमाथा आरोहण गर्न र कृतिमानी तोड्नलाई होडनै सुरुभयो । सन् १९५३ देखि हालसम्म एउटै आरोही आप्पा शेर्पाले २१ पटक सम्म आरोहण गरेर बिश्व कृतिमान राखेका छन ।

६३ बर्ष अगाडीबाट सुरु भएको सगरमाथा आरोहण गर्ने र कृतिमानी राख्ने होडमा हाल सम्म ६ हजार ५ सय ४४ पटक सफलता प्राप्त भएकोे छ ।

त्यसैगरी अन्यले पनि एउटै आरोहीले पटक पटक आरोहण विभिन्न कृतिमान राखिसकेका छन । सगरमाथा आरोहणमा सबैभन्दा बुढो उमेर, सबैभन्दा सानो उमेर र सबैभन्दा धेरै पटक, सबैभन्दा छोटो समयमा, विना अक्सिजन समेत सगरमाथा आरोहण गरेका उदारण भइसकेका छन् ।

बिश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथामा पटक-पटक गरी ६ हजार पटक आरोहीहरुले आरोहण सम्पन्न गरेका छन् । विगत ६३ बर्ष अगाडीबाट सुरु भएको सगरमाथा आरोहण गर्ने र कृतिमानी राख्ने होडमा हाल सम्म ६ हजार ५ सय ४४ पटक सफलता प्राप्त भएकोे छ ।

सगरमाथा आरोहणमा आउनेले नेपालमा गर्ने खर्च

दस्तुर-११ हजार डलर
पर्यटकको खर्च-३५ हजार डलर देखि ६० हजार डलर सम्म
यस वर्ष जम्मा आरोहीको खर्च- साँढे दुई अर्व रुपैयाँ
सरकारको राजस्व-३० करोड ५६ लाख ३६ हजार रुपैयाँ
बसाई अवधी-४५-६० दिन
एजेन्सीको एक आरोहीबाट आम्दानी-२५ सय देखि १० हजार डलर सम्म
सहयोगीको कमाई-३ लाख रुपैयाँसम्म

सगरमाथा आरोहणको लागि सन् १९२४ मा जर्ज मालोरीले ब्रिटिस आरोहण दलका साथ सगरमाथा आरोहण गर्ने कोसिस गरे पनि सफल हुन भने सकेनन् । सन् १८८५ मा भारतको ज्यामीतीय शास्त्रको सर्वेक्षणले सगरमाथाको उचाई पत्ता लगाएको थियो ।

सन् १९५३ देखि सन् २०१६ सम्म ४ हजार ६ सय २८ आरोहीले आरोहण गरिसकेका छन । सन् २०१६ मात्र ४ सय आरोहीले आरोहण गरेका थिए ।

बसन्त र शरत् ऋतुमा गरी तिव्वती र नेपाली मोहोडा बाट बार्षिक १ हजार भन्दा बढीले सगरमाथा आरोहण गर्दे आएका छन् । आरोहण सुरु भएदेखि हाल सम्म २ सय ५० आरोहीले ज्यान गुमाई सकेका छन् । नेपालमा हिम शिखर आरोहण गर्ने दुई सिजनमध्ये अप्रिल, मे र जुनलाई मुख्य सिजन मानिन्छ । आरोहणका लागि युरोपियन, अमेरिकनलगायत एसियन मुलुकबाट समेत आउने गरेका छन् ।

आरोहण सिजनमा तारे होटल भरिभराऊ

पवर्तारोहणको सिजनसुरु भएसँगै तारे होटेलहरु पर्यटकले भरिएका छन् । होटेल संघ नेपाल (हान) का अनुसार अहिले ठूला होटेलमा अकुपेन्सी दर ६० देखि ६५ प्रतिशत हाराहारी पुगेको छ । आगमन दर पछिल्लो दुई वर्षको तुलनामा सकारात्मक रहेको संघका प्रमुख कार्यकारी अधिकृत प्रवेश अर्याल बताउँछन् । हानका अनुसार अप्रिलमा तारे होेटेलका ८० देखि ८५ प्रतिशत कोठा भरिने अनुमान छ । वसन्त ऋतुमा सगरमाथालगायत हिमालहरुको आरोहण गर्न सबैभन्दा धेरै आरोही नेपाल आउने गरेका छन् ।

चालु वर्ष दोब्बर आरोही आउने अनुमान

सगरमाथा आरोहण सुरु भएको छ । सन् २०१७ को आरोहण सिजन वसन्त ऋतुमा सगरमाथा आरोहणमा दुई सय ८९ जनाले अनुमति लिएका थिए । यसवर्ष दोव्वर हुने अनुमान गरिएको छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सन् २०१५ मा अनुमती लिएकाहरु पनि यसवर्ष जाने भएकोले दोव्वर हुने अनुमान गरिएको जानकारी दिए । सरकारले गत वर्ष ढिलो निर्णय गर्दा सन् २०१५ मा अनुमती लिनेहरु २०१७ मा जाने गरी आउने पक्का भएको शेर्पाको भनाई छ ।

सन् २०१५ मा भूकम्प र सन् २०१४ मा हिमपहिरोका कारण सगरमाथा आरोहण हुन सकेको थिएन । गत वर्ष बैशाख १२ मा गएको भूकम्पका कारण १९ आरोहीको ज्यान गएको थियो । सोही कारण रद्द गरेकाहरुलाई सरकारले गत वर्ष दुई वर्षभित्र आरोहणमा गरे रकम नलिने घोषणा गरेको थियो ।

सगरमाथा कस्ता छन् रेकर्ड ? 

रेकर्ड नाम रेकर्ड रेकर्डकर्ताहरु देश
सवैभन्दा छिटो अक्सिजन सहित आरोण गर्ने ८ घन्टा १० मिनेट पेम्बादोर्जे शेर्पा नेपाल
सवैभन्दा छिटो विना अक्सिजन आरोहण गर्ने २० घन्टा २४ मिनेट काजी शेर्पा नेपाल
सगरमाथामा सवैभन्दा धेरै समय बस्ने २१ घन्टा बाबुछिरि शेर्पा नेपाल
सवैभन्दा धेरै उमेरमा आरोहण गर्ने ८० वर्ष २२४ दिन युचिरो मिउरा जापान
सवैभन्दा कम उमेरमा आरोहण गर्ने १३ वर्ष १० महिना १० दिन जोडान रोमारियो अमेरिका
सवैभन्दा कम उमेरमा आरोहण गर्ने महिला १५ वर्ष मिङ किपा नेपाल


पुष्प दुलाल