नेपाल बैंकलाई डेढ अर्बको हकप्रद ल्याउन अनुमती




काठमाडौं । धितोपत्र बोर्डले नेपाल बैंकलाई डेढ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्न अनुमती दिएको छ । अहिले चुक्ता पुँजीमा २३.२४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने छ ।

बैंकले १ अर्ब ५४ करोड ३१ लाख रुपैयाँ बराबरको एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर जारी गर्नेछ । यसका लागि बैंकले सिभिल क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

अहिले नेपाल बैंकको चुक्ता पुँजी अर्ब ४९ करोड रुपैयाँ छ । हकप्रद पश्चात बैंकको पुँजी ८ अर्ब ४ करोड पुग्ने छ ।


क्लिकमान्डु