केन्ट कार एयर प्युरिफायर बजारमा



काठमाडौं। चौधरी ग्रुपको इओएल प्रालीले केन्ट म्याजिक कार प्युरिफाइर बजारमा ल्याएको छ । यसले कारभित्र शुद्ध र स्वच्छ हावा पाउन मद्धत गर्ने कम्पनीले जानकारी दियो ।

यो खासगरी कारको क्याविनका लागि डिजाइन गरिएको छ । यसमा प्रदुषणयुक्त हावालाई नियन्त्रण गर्न जापानको हेपा प्रविधि प्रयोग गरिएको बताईयो ।

यसको सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै चौधरी ग्रुपको इलेट्रोनिक्स विभागका सेल्स म्यानेजर रोशन सिंहले भने, ‘सामान्यतया कारको क्याविनभित्र बाहिरको भन्दा ५/६ गुणा बढी हावा प्रदुषित हुन्छ । यस्तो प्रदुषित हावाले ३० मिनेटमै स्वास्थ्यलाई हानी गर्न सक्छ। यो प्युरिफाइरले प्रभावकारीरुपमा प्रदुषणको प्रभावलाई कम गर्न सक्छ ।’

यसले कारभित्रको धुलो, खराव रसायन, भाइरस र गन्धलाई हटाएर स्वच्छ बातावरण बनाउँछ । यसमा तीन तहको फिल्टर प्रक्रिया छ । यसले ९९ प्रतिशत प्रदुषणलाई कारका यात्रुलाई स्वस्थ राख्ने कम्पनीले जनाएको छ ।

 


क्लिकमान्डु