मेलम्चीको पानीः ९ वटा अन्डरग्राउण्ड पोखरी, यी हुन् मेलम्चीको पानी पाइने क्षेत्र




काठमाडौं । मेलम्चीको पानीलाई सहज र समान रुपमा वितरण गर्नका लागि उपत्यका भित्र ९ वटा अन्डरग्राउण्ड पोखरी निर्माण गरिदैछ ।

मेलम्ची आयोजना सम्पन्न भएपछि काठमाडौं उपत्यकामा दैनिक रुपमा ६ करोड ५० लाख लिटर पानी आउँछ । सो पानी सञ्चित गर्नका लागि मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाका विभिन्न ९ स्थानमा अन्डरग्राउण्ड पोखरी निर्माण गरिरहेको आयोजनाका प्रवक्ता लिलाप्रसाद ढकालले जानकारी दिए ।

‘मेलम्चीको पानी सहज रुपमा जनताको घर दैलोमा पुर्याउनको लागि अन्डरग्राउड पानी सञ्चित भण्डार निर्माण गरिएको हो, ९ वटा भण्डारन केन्द्रमध्येमा ५ वटाको निर्माण भईसकेको छ र बाँकी ४ वटा पनि असार मसान्तसम्ममा निर्माण सम्पन्न हुनेछ,’ ढकालले क्लिकमान्डूसँग भने ।

कहाँ कति क्षमताका पोखरी बन्दैछन् ?

आरुबारी, ८ हजार ५ सय घनमिटर
महाँकालचौर, ८ हजार घनमिटर (निर्माण सम्पन्न)
बाँसबारी, ९ हजार ५ सय घनमिटर (निर्माण सम्पन्न)
महाराजगञ्ज, ७ हजार ५ सय घनमिटर (निर्माण सम्पन्न)
खुमलटार, ९ हजार ५ सय घनमिटर (निर्माण सम्पन्न)
बालाजु, ७ हजार घनमिटर (निर्माण सम्पन्न)
टिगनी, ३ हजार घनमिटर
कटुन्जे, ६ हजार घनमिटर
किर्तिपुर, ६ हजार घनमिटर

कहाँ कहाँ हालिदैछ पाइप ?

डि.एन.आई– छाउनी, वाफल, स्वयम्भू, स्वयम्भू चामतीको पश्चिम, गोंगबु बसपार्क, म्हैपी, नयाँबजार, सामाखुसी, रानीबारी, लाजिम्पाट, पानीपोखरी, बालुवाटर, नारायणगोपाल चोक, निर्मल निवास, चिनियाँ र रुसी दूतावास, विशालनगर, टुडालदेवी, शंखपार्क, धुम्बाराही, हाँडीगाउँ, सुकेधारा र विशालनगर ।

डि.एन.आई १– लैनचौर, टंगाल, भगवतीबहाल, नक्साल, डिल्लीबजार, सिंहदरबार गेट, माइतीघर, थापाथली, बाग्मती नदी, टेकु, विष्णुमति नदी र न्यूरोड ।

डि.एन.आई २– धोवीखोला, गौशाला, भिमसेनगोला, सिंहदरबार, पुतलीसडक, डिल्लीबजार, भाटभटेनी, हाँडीगाउा र रातोपुल ।

डि.एन.आई ३– सेतोपुल, पुरानो बानेश्वर, तिलगंगा, सिनामंगल, तीनकुने, मदनभण्डारी पथ, नयाँबानेश्वर, बिजुलीबजार हुँदै धोवीखोला ।

डि.एन.आई ४– अनामनगर ट्याङ्की, माइतीघर, धोवीखोला, बिजुलीबजार, प्रसुतिगृह मार्ग, थापाथली चोक हुँदै माइतिघर ।

डि.एन.आई ५– कुपण्डोल, यूएनपार्क, शंखमूल, मनोहरा खोला, बालकुमारी, चक्रपथ, ग्वार्को, मंगलबजार, पुल्चोक, हिमालय होटेल, ज्वागल चोक हुँदै कुपण्डोल ।

डि.एन.आई ६– पुल्चोक, मंगलबजार, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थान एकान्तकुना र जावलाखेल ।

डि.एन.आई ७– बालाजुचोक, सोह्रखट्टे, लैनचौर, कान्तिपथ, न्यूरोड, हनुमानढोका, विष्णुमती पुल, इन्द्रायणी मन्दिर हुँदै बालाजु ।

डि.एन.आई ८– टेकुदोभान, कुपण्डोल, कानदेवता, पुल्चोक, जावलाखेल, एकान्तकुना, भनिमण्डल, चक्रपथ, सानेपा पुल बाग्मती नदी हुँदै टेकु दोभान ।

डि.एन.आई ९– बाग्मती नदी, तीनकुने, कोटेश्वर, जडीबुटी पुल, मनोहरा खोला, शंखमुल ।

डि.एन.आई १०– वनस्थली चोक, बालाजु चोक, विष्णुमती पुल, डल्लु, भगवानपाउ हुँदै वनस्थली ।

डि.एन.आई ११– कलंकी, सोल्टीमोड, कालीमाटी, टेकुदोभान, बल्खु, चक्रपथ हुँदै कलंकी ।

मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा ६ सय ७० किलोमिटर लामो पाइप सञ्जाल विस्तार गरिरहेको छ ।

सो मध्ये आयोजनाले ५ सय ५० किलोमिटर पाइप विस्तार गरिसकेको ढकालले जानकारी दिए ।


क्लिकमान्डु