नेप्सेको वेबसाइट खुलेन, सेयर बढिरहेको छ कि घटिरहेको ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा समस्या देखिएको छ । बुधबारदेखि नै समस्या देखिएको नेप्से वेबसाइट आइतबार बिहानैदेखि नखुल्ने समस्या देखापरेको छ ।

इन्टरनेट सेवा प्रदायकको कारण नेप्सेको वेबसाइटमा समस्या आएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले जानकारी दिए ।

‘हिजो (बुधबार) देखि नै समस्या देखिएको थियो, आज (बिहिबार) वेबसाइट खुलेको छैन, हाम्रो कारणले भन्दा पनि इन्टरनेट सेवा प्रदायकको कारणले समस्या आएको देखियो,’ थपलियाले क्लिकमाण्डूसँग भने ।

समस्या सुल्झाउनको लागि नेप्से र वल्र्डलिङ्कका कर्मचारी खटिइरहेको उनले जानकारी दिए ।

यो साताको सुरुदेखि नै सेयर बजार बढ्दो क्रममा थियो । वेबसाइट नखुलेका कारण बजारको अवस्था कस्तो छ भनेर सर्बसाधारणले जानकारी पाउन सकेका छैनन् । बिहिबार बिहान साढे ११ बजेसम्ममा नेप्से परिसुचक १७ अंकले घटेको सेयर ब्रोकर संघका पूर्वअध्यक्ष नरेन्द्र सिजापतिले जानकारी दिए ।


क्लिकमान्डु