लक्ष्मी बैंकले बैशाख ३ देखि सय प्रतिशत हकप्रद बिक्री गर्ने




काठमाडौं । लक्ष्मी बैंकले आगामी बैशाख ३ गतेबाट सत प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । आगामी जेठ ७ गतेसम्म आवेदन दिन सकिने छ ।

बैंकले १०० प्रतिशतको हिसाबले ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

बैंकले १०० प्रतिशत हकप्रद सुरक्षित गर्न चैत १८ लाई बुक क्लोज मिति घोषणा गरेको छ । हकप्रद सुरक्षित गर्न चैत १७ सम्म सेयर खरिद गरिसक्नुपर्नेछ ।

बैंकले सिद्धार्थ क्यापिटललाई इस्यु म्यानेजर नियुक्त गरेको छ ।

हकप्रद पछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३१ करोड रुपैंयाँ पुग्नेछ ।

सेयर आवेदन सिद्धार्थ क्यापिटल, लक्ष्मी क्यापिटल र लक्ष्मी बैंकका सबै शाखाहरुबाट दिन सकिनेछ ।


क्लिकमान्डु