ट्रम्पलाई राष्ट्रिपतिबाट हटाउन अमेरिकामा जादूटुना !



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन अमेरिकमा जादुटोना गरिएको छ । शुक्रबार राति जादूटोनामा विश्वास राख्ने अमेरिकीहरुले ट्रम्पलाई पदबाट हटाउन जादूटोनाको ‘सामूहिक अनुष्ठान’ गरेका छन् ।

फेसबुकमा यस ‘सामूहिक जादूटाना’ मा जोडिने मानिस १० हजारभन्दा धेरै भइसकेका छन् ।

यो ‘सामूहिक जादूटोना’ बाट रुढिवादी इसाइलाई क्रोधित भएका छन् । यस अनुष्ठानका कारण भूतप्रेतसँग आध्यात्मिक युद्ध सुरु गरेको आरोप लगाएका छन् ।

जादूटोना गर्नेले ट्रम्प राष्ट्रिपतिको पदबाट सत्ताचूत नभएसम्म सामूहिक अनुष्ठान जारी राख्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम व्हाइट हाउस पसेको डेढ महिना पनि वितेको छैन ।


पुष्प दुलाल