नेपाल अन्तराष्ट्रिय व्यापार मेला चैत ३ देखि



काठमाडौं । आगामी चैत ३ देखि ७ सम्म अन्तराष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ ।
नेपालका उद्योगलाई अन्तराष्ट्रिय बजारमा चिनाउनका लागि यस खालको व्यापार मेला गर्न लागिएको नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति मुरारकाले बताए ।

प्रदर्शनीका माध्यमबाट नेपाली उत्पादनले अन्तराष्ट्रिय बजारमा चिनिने उनले बताए ।

मेला महोत्सवबाट स्थानीय तहमा आर्थिक गतिविधि बढेको मेलाका सहसंयोजक मनिष लाल प्रधानले बताए ।
‘नेपालमा एक सुविधा सम्पन्न प्रदर्शनी स्थलको आवश्यक छ, सरकारले सुविधा सम्पन्न प्रदर्शनी स्थल निर्माण गरेमा नेपाललाई अन्तराष्ट्रिय प्रदर्शनी हवको रुपमा विकास गर्न सकिन्छ,’ प्रधानले भने ।
प्रदर्शनीका माध्यमबाट स्थानिय उद्यमीको प्रवद्र्धन हुने, घर आँगनमा उत्पादन भएका र प्रयोग हुन नसकेका वस्तुले मुल्य पाउने उनले बताए ।

३ सय ४० स्टल मार्फत स्वदेशी तथा विदेशी वस्तु तथा सेवा प्रदर्शनी हुने आयोजकले बताए । मेलामा नेपाल लगायत चीन, भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्डलगायत देशको सहभागिता हुनेछ ।

मेलाका लागि चीनबाट ८५, भारत १०, पाकिस्तन २०, बंगलादेश ५० र थाइल्याण्डबाट २ वटा स्टल बुक भैसकेका छन् ।


क्लिकमान्डु