नेपाल लाइफको एफपिओ बाडँफाँड




काठमाडौं । नेपाल लाइफ इन्सुरेन्स कम्पनीले जारी गरेको थप सार्वजनिक निष्कासन(एफपिओ) बाँडफाँड भएको छ ।

१० कित्तादेखि १६० कित्तासम्म गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ ।

१७० कित्तादेखि १८० कित्तासम्म आवेदन दिने सबैले १० कित्ताका दरले सेयर पाएका छन् । यसैगरी, १९० देखि २१० कित्तासम्म सबैले ११ कित्ताका दरले सेयर पाएका छन् ।

अधिकतम ३० हजार ९६० कित्ता आवेदन दिनेले १७ सय ४१ कित्ता सेयर पाएका हुन् ।

नेपाल लाइफामा साना लगानीकर्ताले आवेदन गरेको २३.२२ प्रतिशत सेयर पाएका छन् । ठूला लगानीकर्ताले ५.६३ प्रतिशत सेयर पाएका हुन् ।

नेपाल लाइफमा २ लाख ५५ हजार २ सय १५ जनाले सेयर आवेदन दिएका थिए । जसमा १ सय ६२ जनाको आवेदन रद्द भएको तथा १ लाख ६५ हजार ५ सय ६४ जनाले सेयर पाएका छन् ।

नेपाल लाइफले हालैमात्र १४ सय २५ रुपैयाँका दरले ३० लाख ९६ हजार ४२० कित्ता एफपीओ सर्वसाधारणलाई बिक्री गरेको छ । यो एफपीओमा करिब ५२ अर्ब रूपैयाँ आवेदन परेको थियो ।


क्लिकमान्डु